close

विद्यालय खुलाउँदै सिदिङ्वा

विद्यालय खुलाउँदै सिदिङ्वा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ११ मंसिरबाट पालिकाभरका सबै विद्यालय सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत सुनिता भट्टराईका अनुसार स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरी आउँदो बिहीबारबाट पालिकाभरका सबै विद्यालय सञ्चालन गर्ने निर्णय पालिकाले गरेको हो ।

 

गाउँपालिकाको शिक्षा शाखाले १० मंसिरभित्र विद्यालयका सबै शिक्षकलाई अनिवार्य हाजिर हुने व्यवस्था मिलाउन सबै विद्यालयलाइ परिपत्र गरेको छ । 

 

जिल्लाबाहिर गएर फर्कने शिक्षकका लागि भने पिसीआर रिपोर्ट नेगेटिभ भएको पत्रसहित आए मात्र पालिका प्रवेशको अनुमति दिइनेछ । शिक्षा अधिकृत भट्टराईले भनिन्, ‘पिसीआर रिपोर्ट नलिई आउने शिक्षकलाइ १४ दिने क्वारेन्टाइनमा राखिनेछ भने उक्त अवधिसम्म उनीहरूको हाजिर गयल हुनेछ ।’

 

जिल्लाबाहिर जाने शिक्षकलाई यसअघि नै पिसीआर रिपोर्टसहित आउन निर्देशन दिएर मात्रै अनुमति दिइएकाले नियम मान्नैपर्ने उनले बताइन् ।

 

यसअघि आइतबार बसेको गाउँपालिका शिक्षा समिति बैठकले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर ११ मंसिरबाट पालिकाभरका विद्यालयको पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो ।