close

घुन्सा पुगेर ओलीले भनेः अस्थिरता चाहनेले मेरो राजीनामा मागे

घुन्सा पुगेर ओलीले भनेः अस्थिरता चाहनेले मेरो राजीनामा मागे

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन् । प्रधानमन्त्रीले सरकारलाई काम गरेन भन्नेहरू काम नपाएका र अस्थिरता चाहनेहरूको झुन्ड भएको समेत दाबी गरे ।


ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा–६ लेलेपको दुर्गम स्थान घुन्सामा सोमबार आयोजित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन तथा स्थानीय समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकप्रिय काम गर्ने सरकार रह्यो भने आफ्नो अस्तित्व समाप्त हुन्छ भन्ने पीरले कहिले पार्टी नेतृत्व छाड्न र कहिले सरकारबाटै राजीनामा मागिँदै आएको बताए ।


‘देशको प्रगति हुन्छ भनेर आत्तिएकाहरूले मात्र मेरो राजीनामा मागेका हुन् । गुमेको जमिन फिर्ता गनेर्देखि अरु विकास र समृद्धिका काम गरेको देखिनसहनेको यसमा हात छ’, प्रधानमन्त्रीले ओली बोले, ‘तर्पांइहरू यहाँ राजनीतिकर्मी पनि हुनहुन्छ होला, सत्ताको नेतृत्व गरिरहेको पार्टी अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध पार्टीभित्रैबाट कहिले लिखित र कहिले मौखिक रुपमा प्रश्न पठाएर सरकार ढलिहाल्छ, केही काम गर्न सकेन भन्नेजस्ता लान्छना आइरहन्छन् । यो सरकारको प्रगतिबाट आत्तिएका र केही काम नपाएकाहरूबाट भएको हो ।’


प्रधानमन्त्रीले देश र जनताको पक्षमा काम गरिरहेकाले सरकार ढल्ने भन्ने कुरा हल्ला मात्रै भएको दोहो¥याए । पार्टीभित्र आन्तरिक संघर्ष चर्किंदै गएका बेला प्रधानमन्त्री ओली ताप्लेजुङ र इलामको एकदिने भ्रमणमा आएका हुन् । प्रधानमन्त्रीसँगै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेशकुमार भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतको टोली घुन्सा आएको छ ।


प्रधानमन्त्री ओलीले घुन्सा फाउन्डेसनद्वारा स्थापित वेबसाइट शुभारम्भसमेत गरे । ओलीलाई फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङको नेतृत्वको टोलीले स्वागत गरेको थियो भने घुन्सालीका तर्फबाट स्थानीय हिमाली चुङ्दाक शेर्पाले मागपत्र पनि बुझाए ।

 

घुन्सा पुग्नुअघि प्रधानमन्त्री ओलीसहितको टोलीले ओलाङ्चुङगोला रहेको सशस्त्र प्रहरीको बिओपी, सीमावर्ती टिपतालापासलगायत क्षेत्रको हवाई निरीक्षण गरेको थियो । ताप्लेजुङको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओलीसहितको टोली इलाम भ्रमणमा जाँदै छ ।