close

गल्याङकाे प्रशासकीय अधिकृतमा भीमप्रसाद तिवारी

गल्याङकाे प्रशासकीय अधिकृतमा भीमप्रसाद तिवारी

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको गल्याङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा भीमप्रसाद तिवारी आएका छन् । यसअघि झन्डै ३३ महिना कार्यभार सम्हालेका ईश्वरीप्रसाद पाण्डेलाई बिदाइ गरिएको छ ।


स्वागत कार्यक्रममा गल्याङ नगरप्रमुख भूपराज अधिकारीले अनुभवले खारिएको व्यक्ति नगरपालिकाले पाएको बताए । तिवारीको कार्यकालमा नगरको विकासले फड्को मार्ने उनको अपेक्षा छ । 


नगरप्रमुख अधिकारीले भने, ‘अहिलेसम्म कोरोनाका कारण केही समस्या झेल्नु परे पनि अब सबै खालका विकासका गतिविधि अगाडि बढाउनुपर्नेछ । त्यसका लागि कर्मचारीतन्त्रको सहयोग अपरिहार्य छ ।’


नगरपालिकाको आफ्नै कार्यालय भवन र बसपार्क निर्माणको तयारी भइरहेको नगरप्रमुख अधिकारीले जानकारी दिए ।


प्रमुख प्रशासकीय अधिकृत तिवारीले नगरपालिकाले अगाडि सारेका काममा सधैं सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘आफू सेवाग्राही भएर बाहिर जाँदा जस्तो व्यवहार खोजिन्छ, त्यस्तै व्यवहार हामीले सेवाग्राहीलाई गर्नुपर्छ ।’


गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट सरुवा भई गल्याङ आएका तिवारीले यसअघि लमजुङको बेंसीसहर नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका थिए ।