close

तानसेनका अवस्थित पार्किङ र सडक पेटीका पसल हटाइयाे

तानसेनका अवस्थित पार्किङ र सडक पेटीका पसल हटाइयाे

Trulli
ADVERTISEMENT

पाल्पा - तानसेन नगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित पार्किङ र अतिक्रमण भएका सडकपेटीहरूलाई व्यवस्थित गर्न थालेको छ । नगरभित्रका मुख्य बजारमा अव्यवस्थित सवारी साधन पार्किङ र सडकपेटीमा राखिएका पसलहरूले पर्यटकीय नगर कुरूप देखिएकाले व्यवस्थित गर्न खोजिएको हो । 


नगर प्रहरी, ट्राफिक प्रहरी र जिल्ला प्रहरी कर्यालयको टोली बनाएर नगरभित्र सडकपेटीमा रहेका पसलहरू र जथाभावी पार्किङ हटाउन अनुगमन थालेको छ ।


प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नगरप्रमुख अशोककुमार शाही, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, जिल्ला प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुखसहितको बैठकले नगरलाई व्यवस्थित गर्ने सहमति गरिएको थियो । नगरभित्र पार्किङ स्थाल, ट्राफिक व्यवस्था गर्न नगरपालिकाका अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले सात दिनभित्र पार्किङ स्थलको निर्धारण, सवारी साधन संचालन रुटसहितको प्रतिवेदन दिने निर्णय भएको तानसेन नगरपालिकाका सूचना अधिकारी दुर्गा थापाले बताए । 


बैठकमा व्यापारीहरूलाई पसल सडकपेटीमा नराख्न र पार्किङलाई व्यवस्थापन गर्न पत्राचार गर्ने निर्णयसमेत भएको थियो । पार्किङ र सडक व्यवस्थित बनाउने अघि भएका निर्णय र प्रयासहरू प्रभावकारी नभएकाले पुनः प्रयास थालिएको हो । 


अस्तव्यस्त बन्दै गएपछि सरोकारवाला निकायहरूबीच भएको साझेदारीले अव्यवस्थित सवारी साधन पार्किङ र सडकपेटीमा पसलहरू हट्ने अपेक्षा गरिएको छ । नगरपालिकाले विगतमा सडकपेटीमा पसल राख्ने साना व्यापारीहरूलाई हटाए पनि ठूला व्यापारी, हार्डवेयर पसल, खाद्यान्न पसल संचालन गर्न व्यवसायीहरूले नियम उल्लंघन गरे पनि उनीहरूलाई कारवाही गर्ने हिम्मत हालसम्म गरिएको छैन ।