close

मल्लरानीका ५ विद्यालय बन्द

मल्लरानीका ५ विद्यालय बन्द

Trulli
ADVERTISEMENT

प्युठान - कोरोना समुदाय स्तरमा फैलिएको भन्दै मल्लरानी गाउँपालिकाअन्तर्गत रहेका पाँचवटा विद्यालय बन्द गरिएको छ । मल्लरानी गाउँपालिका वडा नं- ४ स्थित खलंगा बजार क्षेत्रमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि वडाभित्रका पाँचवटा विद्यालय एक हप्ताका लागि बन्द गरिएको हो ।


पालिकास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको आकस्मिक बैठकले  प्युठान क्याम्पस, खलंगा जनजागृति मावि, खलंगा मावि, मल्लरानी बोर्डिङ स्कुल र महेन्द्र मावि एक साताका लागि बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताए । 


पालिकाभित्रका अन्य विद्यालय भने जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको ४ मंसिरको बैठकअनुसार आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । 

 

जिल्लामा महत्त्वपूर्ण सरकारी कार्यालय भएकाले कामको सिलसिलामा सदरमुकाम आउने सेवाग्राही बढी हुने हुँदा यसबाट थप जोखिम हुने भन्दै विद्यालय बन्द गरिएको उनले बताए ।