close

बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो ।


दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका–४ का ७५ वर्षीय कलावती चन्द, दशरथचन्द नगरपालिका–४ कै ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ बस्कोटका ७० वर्षीय पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ वर्षीय पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।


दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।


तीव्र गतिमा कुदेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करीब एक सय मिटर तल खसेको छ । दुर्घटना लगत्तै फरार जिप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ ।