close

पञ्चदेवल विनायक नगरपालिकालाई सुरक्षा सामग्री हस्तान्तरण

पञ्चदेवल विनायक नगरपालिकालाई सुरक्षा सामग्री हस्तान्तरण

Trulli
ADVERTISEMENT

जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था वाक नेपालले पञ्चदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । मातृशिशु तथा स्वास्थ्य पोषण परियोजना अन्तर्गत वाक नेपालले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तण गरेको नगरपालिकाले बताएको हो । 


वल्र्ड भिजन इन्टरनेसनल नेपाल र वाक नेपालको साझेदारीमा सञ्चालित वाक नेपाल मातृशिशु तथा स्वास्थ्य पोषण परियोजना अन्तर्गत सुरक्षा सामग्री प्रदान गरिएको हो । परियाजनाले कोरोना संक्रमणको सतर्कताका लागि नगरपालिकाका ९ वटै स्वास्थ्य संस्थामा ५ थानपिपिई सेट, १० बोतल स्यानिटाइजर, मास्क ५ सय पिस, ग्लोब्स ५ सय पिस र साबुन १५ पिस प्रदान गरेको छ । 


पञ्चदेवल विनायक नगरपालिकामा १५ थान पिपिई सेट र नगरपालिकाको वडा–२ मा दर्ता भएका २ सय ३५ बालबालिकालाई ६ पिस साबुन एवं ३ पिस मास्क वितरण गरिएको संस्थाका परियोजना टिम लिडर हीरेन्द्र कुँवरले बताए । 


वाक नेपाललले पछिल्लो चरणमा कोरोनाबाट बच्नका लागि जिल्लाका विभिन्न नरगपालिकासँगै पञ्चदेवल विनायक नगरपालिकामा पनि सुरक्षा सतर्कताका सामग्री वितरण गर्दै आएको कुवँरले जानकारी दिए । 


संस्थाले उक्त स्वास्थ्य सुरक्षा सामग्री नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लक्ष्मीकान्त बजगाईंलाई हस्तान्तरण  गरेको थियो ।