close

किर्ते मुद्दाका अभियोगी वडाध्यक्ष  २ लाख धरौटीमा छुटे

किर्ते मुद्दाका अभियोगी वडाध्यक्ष  २ लाख धरौटीमा छुटे

Trulli
ADVERTISEMENT

जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष मकुसिंह बुढालाई जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको छ । बुढामाथि किर्ते मुद्दाको अभियोग छ । 


वडाध्यक्ष बुढाले किर्ते गरेको दाबीसहित विजया बुढाले हुम्ला जिल्ला अदालतमा मुद्दा हालेकी थिइन् । 


वडाध्यक्ष बुढालाई यसअघि जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालयको अनुमति लिई साधारण तारेखमा रिहा हुने गरी १ लाख धरौटीमा छाडेको थियो । 


वडाध्यक्ष बुढामाथि लागेको अभियोग आर्थिक वर्ष ०७७/७८ को पहिलो किर्ते मुद्दा भएको हुम्ला जिल्ला अदालतले जनाएको छ ।