close

मानेभञ्ज्याङको कोभिड अस्पतालले बल्ल पायो डाक्टर

मानेभञ्ज्याङको कोभिड अस्पतालले बल्ल पायो डाक्टर

Trulli
ADVERTISEMENT

ओखलढुंगा– मानेभञ्ज्याङ गाउँपालिकाको कोभिड– १९ अस्थायी अस्पतालले बल्ल डाक्टर पाएको छ । यसअघि पाँच शय्याको अस्थायी अस्पतालमा डाक्टर नपाउँदा सेवा प्रवाह हुन सकेको थिएन ।


गाउँपालिकाले अस्पतालका लागि दुई जना स्टाफ नर्स भने यसअघि नै नियुक्त गरेको थियो । गाउँपालिका केन्द्रमा रहेको मानेभञ्ज्याङ स्वास्थ्य चौकीलाई गाउँपालिकाले अस्थायी कोभिड अस्पतालका रूपमा व्यवस्थापन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले जानकारी दिए ।


यसअघि अस्पतालले डाक्टर पाएको थिएन । सूचना निकालेर पटक पटक डाक्टर माग गरे पनि आवदेन नै परेको थिएन । अहिले भने आवेदन परेपछि प्रातिष्पर्धाका आधारमा डाक्टर नियुक्त गरेर सेवा प्रवाहको काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।


कोरोना संक्रमणको अवस्था नरहे पनि विशेषज्ञ डाक्टर गाउँपालिकामा भएपछि अन्य बिरामीको उपचारमा समेत सहज हुने भएकाले गाउँपालिकाका स्थानीय खुसी छन् ।

 

‘कोरोनाको उपचार त अहिले गर्नुपर्ने अवस्था छैन तर पछिको तयारी र गाउँमै डाक्टरले स्वास्थ्य सेवा दिनु प्रभावकारी हुन्छ’, स्थानीय सिर्जना राईले भनिन् ।


जिल्लाका अन्य तहले कोभिड अस्पताल संचालनको तयारी गरे पनि सेवा सुरु गरेका छैनन् । खिजीदेम्बाले डाक्टर नियुक्त गरिसकेको छ भने मोलुङले डाक्टर पाउन सकेको छैन । सरकारले ओखलढुंगाका आठमध्ये सात स्थानीय तहमा अस्थायी कोभिड अस्पताल र १५ वेडको विशेषज्ञ सेवासहितको अस्पताल स्थापना गर्न बजेट व्यवस्थापन गरिसकेका छन् ।