close

निजगढमा औद्योगिक ग्राम र विज्ञान पार्क निर्माण गर्न नगरपालिकाको पहल

ASOJFN

निजगढमा औद्योगिक ग्राम र विज्ञान पार्क निर्माण गर्न नगरपालिकाको पहल

ASOJFN

ADVERTISEMENT

निजगढमा औद्योगिक ग्राम स्थापनाकालागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आग्रह गर्ने निजगढ नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेकोछ ।


आइतबार सम्पन्न निजगढ नगरपालिकाको कार्यपालिका बैठकले निजगढमा औद्योगिक ग्राम स्थापनाका लागि सम्बन्धित निकायबाट सिफारिस लिई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा माग गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिए ।


नगरपालिकाले वडा नम्बर– ९ स्थित लालबकैया नदीको पूर्वी किनारमा रहेको सार्वजनिक जमिनलाई औद्योगिक ग्राम निर्माण गर्न लागिएकोहो ।


बैठकले नगरपालिकाका सबै वडामा स्टक गरी राखिएको वा उत्खनन गरिएको नदीजन्य पदार्थको स्थिति अनुगमन गरी अवैध रुपमा मौज्दात गरेको वा उत्खनन भएको देखिए कानुनबमोजिम जफत गर्ने निर्णय पारित गरेको छ ।

बैठकले नदीजन्य वस्तुअवैध मौज्दात वा उत्खनन् गरिएको भेटिए आवश्यक कारबाही अघि बढाउने निर्णय गरेको सूचना अधिकारी घिमिरेले बताए ।


बैठकले निजगढमा विज्ञान पार्क निर्माण गर्न आवश्यक जमिन सहित सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेकोछ ।


नगरपालिकाले विज्ञान पार्क निर्माणकालागि वडा नम्बर–४ को बाघभैरव सामुदायिक वन र वडा नम्बर– ५ को जनजागृति सुन्दर सामुदायिक वनको चुरे पहाडी क्षेत्र छनोट गरेको निजगढका नगरप्रमुख सुरेश कुमार खनालले जानकारी दिए ।