close

परालको ओछ्यानबाट निःशुल्क घरमा सर्दै छन् ७७ वर्षीय षडानन्द

परालको ओछ्यानबाट निःशुल्क घरमा सर्दै छन् ७७ वर्षीय षडानन्द

Trulli
ADVERTISEMENT

भोजपुर- भोजपुरको षडानन्द नगरपालिका- ३ खार्तम्छा चिचिलाका ७७ वर्षीय रामबहादुर राई यतिबेला सामाजिक संजालमा ‘भाइरल’ छन् । राई दशैँ अगाडिदेखि नै बिरामी थिए । मंसिरको जाडोमा उनी सुत्ने ठाउँमा परालबाहेक एउटा तन्नासमेत थिएन ।  


राईलाई परालको ओछ्यानमा स्लाइन पानी दिइरहेको फोटो केही दिनदेखि सामाजिक संजालमा भाइरल भएको छ । उनी सामान्य खालको खास्टोको भरमा धेरै रात र दिन कटाउन बाध्य थिए । उनको उपचारका लागि परालमा राखेर स्लाइन दिइएको थियो ।


उनकी श्रीमतीको मृत्यु केही वर्ष पहिले नै भइसकेको छ । अहिले उनका एक मात्र छोरा छन् । तर, उनी पनि सुस्त मनस्थितिका छन् । राई बस्ने सामान्य कटेरो मात्र छ । उनी कर्तव्य ज्यान मुद्दामा १७ वर्ष कारागार बसेर निस्किएका हुन् ।


नगरले निःशुल्क घर बनाइदिने


जीर्ण बनेको घरमा बस्दै ७७ वर्षीय राईलाई षडानन्द नगरपालिकाले नयाँ बनाइदिने भएको छ । उनलाई नगरले चाँडै निःशुल्क घरको पनि व्यवस्था गरेर नयाँ घरमा सार्न षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राईले जानकारी दिइन् । नगरपालिकाले राईलाई नयाँ घरमा राख्न खार्तम्छाकै स्थानीयलाई घर बनाउने जिम्मा दिएको उपप्रमुख राईले बताइन् ।

 

सामाजिक संजालमा राईको परालमा राखेर स्लाइन पानी दिइरहेको फोटो देखेपछि अवस्था बुझ्न षडानन्द नगरपालिकाका प्रमुख बीरबल राई र उपप्रमुख मेरिका राई बुधबार खार्तम्छा पुगेका थिए ।


वृद्ध राईको त्यस्तो अवस्था देखेपछि खाद्यान्न, लत्ताकपडासहित नगरपालिकाको टोली खार्तम्छा पुगेको थियो । अहिले वृद्ध राईको स्वास्थ्य अवस्था सामान्य रहेको खार्तम्छा स्वास्थ्य चौकीले जनाएको छ ।


वृद्ध राईलाई खार्तम्छा स्वास्थ्य चौकीको निगरानीमा छिमेकी कटेरोमा सारेर उपचार गरिरहेको नगरपालिकाले जनाएको छ ।