close

फुङलिङ बजार फेरि बन्द

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - प्रत्येक शुक्रबार बन्द हुँदै आएको फुङलिङ बजार १२ मंसिरदेखि पुनः बन्द गरिने भएको छ । चाडवाडलाई दृष्टिगत गरी गत १६ असोजमा खुला भएको फुङलिङ बजार फेरि साप्ताहिक रुपमा बन्द गर्ने निर्णय भएको ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिए ।


दसैं, तिहार र छठलगायत चाडपर्व अवसरमा वाणिज्य संघले १६ असोज शुक्रबारदेखि बन्द हुने साप्ताहिक बजार खुलाएको थियो । ‘अब फेरि बजारका पसल प्रत्येक साताको शुक्रबार एक दिन बन्द हुनेछन्’, बरालले भने ।

 

ताप्लेजुङ उद्योग वाणिज्य संघले चिसो मौसम सुरु भएकाले विभिन्न किसिमका संक्रमणविरुद्ध विशेष सावधानी अपनाउन समुदायका सदस्यलाई आग्रह गरेको छ । कोरोनाको त्रास कायमै रहेकाले यस्ता रोगबाट जोगिनुपर्ने सुझाव संघले दिएको छ ।

 

‘चिसो मौसम सुरु भएकाले रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या देखापर्ने हुँदा  यसविरुद्ध विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेका छौं’, संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले भने ।