close

मेलमिलापकर्ता छान्दै आठराई त्रिवेणी

मेलमिलापकर्ता छान्दै आठराई त्रिवेणी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- न्यायिक समितिका उजुरी किनारा लगाउने प्रक्रियामा सहजीकरण प्रयोजनार्थ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले मेलमिलापकर्ता छनोट गर्ने भएको छ । सो गाउँपालिकामा अहिले वडास्तरमा एक-एकवटा मेलमिलाप केन्द्र रहेका छन् ।


गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारनाथ प्रसाईंका अनुसार निघुरादिन, फूलबारी, हाङ्पाङ, चाँगे र छातेढुङ्गामा मेलमिलाप केन्द्र छन् । मेलमिलापकर्ताका लागि मेलमिलापसम्बन्धी तालिमप्राप्त व्यक्तिले नागरिकता प्रमाणपत्रको छायाप्रति, मेलमिलापसम्बन्धी काम गरेको अनुभव प्रमाणपत्र र व्यक्तिगत विवरणसहित नगर कार्यपालिकाको कार्यालय हाङ्पाङमा आवेदन दिनुपर्ने हुन्छ ।


न्यायिक समितिको उजुरीको कारवाही किनारा लगाउन बनेको ऐन, २०७४ अनुसार गाउँ कार्यपालिकाले मेलमिलाप कार्य संचालन कार्यविधि, २०७६ बनाएको छ । यही ऐन र कार्यविधिका आधारमा मेलमिलापकर्ताहरूका लागि सूचीकृत प्रक्रिया सुरु गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रसाईंले जानकारी दिए ।


सूचीकृत भएका मेलमिलापकर्ताले न्यायिक समितिमा प्राप्त भएका उजुरीहरूलाई किनारा लगाउन न्यायिक समितिलाई सहजीकरण गर्नेछन् ।