close

पार्क तथा हाटबजार केन्द्र गाउँपालिकालाई हस्तान्तरण

पार्क तथा हाटबजार केन्द्र गाउँपालिकालाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

ओखलढुंगा– मोलुङ गाउँपालिका वडा नं.– २ रामपुरमा निर्माण भएको हाटबजार तथा पार्क गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । संघीय आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले ठेक्कामार्फत निर्माण गरेको साप्ताहिक हाटबजार र पार्क हस्तान्तरण गरिएको हो ।


गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र रामपुरमा कृषिजन्य उत्पादन र अन्य वस्तु बिक्री वितरण गर्ने स्थल निर्माण भएको थियो । हाटबजार स्थल नजिकै घुमफिर गर्ने पार्कसमेत निर्माण गरिएको छ । उक्त हाटबजार केन्द्र तथा पार्क गाउँपालिकालाई हस्तान्तरण गरिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए ।


एक करोड २० लाख रुपैयाँमा निर्माण गरिएको हाटबजार केन्द्र तथा पार्क संघीय सांसद यज्ञराज सुनुवारले उद्घाटन तथा गाउँपालिकालाई हस्तान्तरण गरे । निर्माण सकिएपछि हस्तान्तरण भएको हाटबजार केन्द्र र पार्कको संचालन तथा व्यवस्थापन गाउँपालिकाले गर्ने गरी हस्तान्तरण भएको हो ।


त्यहाँ साप्ताहिक रूपमा बिहीबार हाट लाग्ने गर्छ । रामपुरको हाटबजारमा हर्कपुर, कुन्तादेवी, रागादीपलगायतका ठाउँबाट व्यापारी तथा उपभोक्ताहरू कारोबारका लागि आउने गर्छन् ।


हाटबजार केन्द्र नहुँदा यसअघि खुला ठाउँमा राखेर कृषक तथा व्यवसायीले बिक्री, वितरण गर्दै आएको छ । हाटबजार केन्द्र र पार्क निर्माण भएपछि घुमफिर गर्न र उपभोक्ता तथा व्यापारीलाई खरिद बिक्री गर्न सहज भएको स्थानीय प्रकाश दाहालले बताए । पार्क तथा हाटबजार केन्द्रले रामपुर बजारको सौन्दर्यसमेत थपिएको छ ।