close

चिसापानी अस्पतालमा शिशु स्वास्थ्य सेवा

चिसापानी अस्पतालमा शिशु स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित वडा- २ को चिसापानीमा रहेको सरकारी स्वामित्वको चिसापानी अस्पतालमा मातृ शिशु स्वास्थ्य क्लिनिक उद्घाटन गरिएको छ ।


बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले क्लिनिक उद्घाटन गरेका हुन् ।


कार्यक्रममा नगरप्रमुख बस्यालले नगरले स्वास्थ्य पहुँच वृद्धि गर्न वडा-वडामा स्वास्थ्य चौकी स्थापना गरेको जानकारी दिए । वडा- २ को पहाडी चुरे भेगलाई पूर्ण संस्थागत सुत्केरी बनाउन अस्पताल आउने कुरुवालाई समेत खाना व्यवस्था गरिन लागेको उनले बताए ।


‘मातृ शिशु मृत्युदर घटाउन यो कार्यक्रम ल्याएका हौँ’, नगरप्रमुख बस्यालले भने, ‘यसबाट यस क्षेत्रका नगरवासीलाई लाभ पुग्नेछ ।’


कार्यक्रममा बर्दघाट- २ की वडा अध्यक्ष दया दर्लामी मगर, नगर स्वास्थ्य प्रमुख माधव ज्ञवालीलगायतले मातृ शिशु सेवाले आमा तथा बच्चा दुवैको सुरक्षामा योगदान दिने विश्वास व्यक्त गरे ।


अस्पतालका जनस्वास्थ्य निरीक्षक रमेशचन्द्र न्यौपानेले मातृ शिशु स्वास्थ्य क्लिनिकबाट गर्भवती महिला तथा पाँच वर्षका बालबालिकाको स्वास्थ्य परीक्षण तथा परिवार नियोजन सेवा दिइने बताए ।