close

छोसेरमा बन्यो स्वास्थ्य चौकी

छोसेरमा बन्यो स्वास्थ्य चौकी

Trulli
ADVERTISEMENT

मुस्ताङ–  मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।


चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा कोरला नाका नजिकैको छोसेरमा लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य चौकी भवन बनाएको हो । ५० लाख रुपैयाँको लगानीमा चार कोठे भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टले जानकारी दिए ।

 

बिरामी उपचार, प्रशासन, औषधी भण्डारण र स्वास्थ्य परीक्षणका लागि छुट्टाछुट्टै कक्ष भएको भवनमा शौचालय र सयन कक्ष पनि रहेको उनले बताए ।

 

‘तीन वर्षसम्म क्रमागत बजेट विनियोजन गरेर स्वास्थ्य चौकीको भवन बनाउन सफल भयौं’, अध्यक्ष विष्टले भने, ‘भवन निर्माण सम्पन्न गर्न तीन वर्ष लाग्यो ।’

 

स्वास्थ्य चौकीबाट छोरेसबासीका अलावा पर्यटकले पनि सेवा लिन सक्नेछन् । यो भवनमा तत्काल ५ शैया क्षमताको कोरोना अस्पताल स्थापना गरेर प्रयोगमा ल्याइएको छ ।

 

लोमान्थाङ पालिका स्तरीय कोरोना अस्पताल छोरेसको स्वास्थ्य चौकी भवनमा स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदीले बताए ।