close

घरमै पुगेर औषधि बाँड्छन्, आवश्यक परे पैसासमेत दिन्छन् वडा अध्यक्ष क्षेत्री

घरमै पुगेर औषधि बाँड्छन्, आवश्यक परे पैसासमेत दिन्छन् वडा अध्यक्ष क्षेत्री

Trulli
ADVERTISEMENT

रूपन्देही- कोरोनाका कारण गत वर्ष ११ चैतदेखि नेपालभर लकडाउन भयो । १८ चैतबाट सरकारले स्थानीय निकायलाई आइसोलेसन क्वारेन्टाइन व्यवस्था गर्न निर्देश दियो ।


बुटवल उपमहानगरले पनि नगरका विभिन्न स्थानमा भारत तथा अन्य मुलुकबाट आएका मानिसलाई राख्न सुरु ग¥यो ।


बुटवलको वडा- ११ मा रहेको एन्फा एकेडेमीमा नगरपालिकाले भारत तथा अन्य मुलुकबाट आएकालाई आइसोलेसन बनाएर राख्यो । आइसोलेसनमा बसेकाहरूलाई दैनिक योगा, प्रणायाम गराउने अभियानमा जुटे, बुटवल नगरपालिका वडा- ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री ।

क्षेत्रीले आठ महिनादेखि एन्फा आइसोलेसन सेन्टरमा दैनिक योगा गराइरहेका छन् ।


वडा अध्यक्ष क्षेत्री भन्छन्, ‘एन्फा आइसोलेसन सेन्टरमा दैनिक योगासान प्रणाम गराउन बिहान ५ बजे उठ्छु अनि आइसोलेसनमा जान्छु । ६ देखि ७ बजेसम्म क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितलाई योगा गराउँछु ।’


२०५९ सालमा छ महिनासम्म आफैँ योगा सिकेका क्षेत्रीले त्यसयता आप्mनो वडाका टोलटोलमा योग शिक्षा दिँदै हिँडे । अहिले आफूले सिकेको योगाले अरूलाई सिकाउन सहयोग पुगेको उनको अनुभव छ ।


क्षेत्री भन्छन्, ‘योगा जाने फाइदा हुन्छ , नजाने समस्या निम्तिन सक्छ । अतः बुझेर गर्नु आवश्यक छ ।’ बिहान योगा गराइसकेपछि दैनिक टोल विकास समितिको काममा व्यस्त हुन्छन्, क्षेत्री ।


‘१० देखि ५ बजेसम्म वडा कार्यालयको काममा खटिन्छु । त्यसपछिको समय विकास निर्माणका गतिविधि बुझ्न टोलटोलमा हिँड्छु । ६० वटा टोल संस्था छन् । दैनिक स्थानीयका समस्यादेखि विकास काममा बेलुका ८ बजे मात्र घर जाने गरेको छु’, वडा अध्यक्ष क्षेत्रीले भने ।


पछिल्लो समय सरकारले कोरोना संक्रमितलाई होम आइसोलेसनमा बस्न भनेपछि दैनिकी थप व्यस्त रहेको उनको अनुभव छ । संक्रमितका घरघरमा नगरपालिकाले दिएको स्वास्थ्यलाभको कार्ड अनि विभिन्न आयुर्वेदिक औषधि, भिटामिनलगायत बोकेर घरघर पुग्छन् क्षेत्री ।


बुटवल- ११ देवसिंह चोकका भरत थापा भन्छन्, ‘जनप्रतिनिधि यस्तो पो हुनुपर्छ, जुनसुकै बेला पनि समस्या भए आउनुहुन्छ । बिरामी पर्दा मात्र होइन, अरू समस्या पनि समाधान गर्नुभएको छ ।’


देवीनगरकी सुशीला शर्मा ११ नम्बरका वडा अध्यक्ष जस्तै अरू जनप्रतिनिधि भइदिए विकासले काँचुली फेर्ने बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रा जस्ता वडा अध्यक्ष अरू ठाउँमा भए जाती हुन्थ्यो । उहाँ रातदिन नभनी जनताको सेवामा खटिनुभएको छ । समाज सेवा मात्र होइन, आवश्यक भए आर्थिक सेवासमेत पाएका छौँ । बुटवल वडा- ११ ले राम्रो जनप्रतिनिधि पाएको छ ।’


वडा अध्यक्ष क्षेत्री घरमा विभिन्न समस्या लिएर आउने वडावासीलाई सक्दो सहयोग गरिरहेको सुनाउँछन् । ‘कुनै उपचार गर्न समस्या भयो । कसैको घर भाडा तिर्न समस्या भयो । दुःख परेकालाई सहयोग गर्दा सुरुसुरुमा मेरो आप्mनै गोजीबाट ४० हजार रुपैयाँसम्म खर्च हुन्थ्यो । अहिले पनि १० हजार रुपैयाँभन्दा बढी भइरहेको छ’, क्षेत्री भन्छन् ।

 

कोरोनाको महामारीमा बुटवलबाट धनगढी, पोखरा, बाग्लुङ जस्ता ठाउँमा जान समस्या भएको भन्दै आफूकहाँ आएका धेरैलाई व्यक्तिगत खर्च दिएर पठाएको उनी सुनाउँछन् ।