close

अब चाँगुनारायणका किसानलाई क्रेडिट कार्ड

अब चाँगुनारायणका किसानलाई क्रेडिट कार्ड

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाले नगरभित्र रहेका किसानलाई क्रेडिट कार्ड प्रदान गर्ने भएको छ ।


नगरपालिका र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच सम्झौता भएसँगै नगरपालिकाले किसान क्रेडिट कार्ड प्रदान गर्ने भएको हो ।


नगरपालिकाका अनुसार कृषकलाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने हेतुले कृषिसम्बन्धी कर्जा प्रवाह गर्न किसान क्रेडिट कार्ड वितरण गर्न सुरु गरिएको हो ।


चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरभित्रको कृषि व्यवसायलाई प्रवद्र्धन गर्न र मल, बिउ, औजार खरिद-बिक्रीलाई सहजीकरणका लागि किसानले क्रेडिट कार्ड प्रयोग गर्न सक्नेछन् ।