close

जिल्ला समन्वय प्रमुखसहित तीन जनामा कोरोना संक्रमण

जिल्ला समन्वय प्रमुखसहित तीन जनामा कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा–६ घुन्सामा गत ८ मंसिरमा आएका प्रधानमन्त्री केपी ओलीलाई स्वागत गरेर फर्किएका दुई जनप्रतिनिधिसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।


जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङलिङ नगर उपप्रमुख बमबहादुर भट्टराई र नेकपा प्रदेश कमिटी सदस्य खेलप्रसाद बुढाक्षेत्रीलाई कोरोना पुष्टि भएको हो ।


तीनै जनाले आफूहरूलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै सम्पर्कमा रहेकालाई सावधानी अपनाउन र कम्तीमा दस दिन होम आइसोलेसनमा बसिदिन आग्रह गरेका छन् ।


तीनै जना प्रधानमन्त्री ओलीको स्वागतका लागि सदरमुकाम फुङलिङबाट घुन्सा पुगेका थिए । सदरमुकाम फर्किएपछि जिल्ला समन्वय प्रमुख मादेन र बुढाक्षेत्रीलाई स्वास्थ्य  असहज भएपछि र नगर उपप्रमुख भट्टराईलाई उनीहरूसँगको निकटताका आधारमा स्वाब संकलन गरी पठाइएको थियो ।


स्वाब परीक्षणको नतिजामा तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ मंसिरमा घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन तथा सीमा क्षेत्र अवलोकनका लागि प्रधानमन्त्री ओलीसँगै संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाललगायत आएका थिए ।