close

कांग्रेसले असहयोग गरेको भन्दै नेकपाबाट निर्वाचित जनप्रतिनिधिले दिए राजीनामा

कांग्रेसले असहयोग गरेको भन्दै नेकपाबाट निर्वाचित जनप्रतिनिधिले दिए राजीनामा

Trulli
ADVERTISEMENT

डडेल्धुरा– आलिताल गाउँपालिका–१ का वडाअध्यक्ष पुर्णबहादुर ऐरले सोमबार राजीनामा दिएका छन् । सहकर्मीले सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।


वडाअध्यक्ष ऐरले सोमबार कार्यपालिका बैठकमा आफूले राजीनामा बुझाएको बताए । उनले भने, ‘निर्वाचित भएपछि मलाई असहयोग हुँदै आएको छ । विपक्षी दल कांग्रेसबाट निर्वाचित भएका साथीहरूले मेरा राम्रा कामलाई वेवास्ता गर्ने, सधै खेदो खन्ने काम गरेका कारण राजीनामा दिन बाध्य भए ।’ वडाअध्यक्षले राजीनामा पत्र बुझाएपनि स्वीकृत हुन बाँकी छ ।


बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

 

उनले आफू बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको बताए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट निर्वाचित भएका वडाध्यक्ष ऐरले सहकर्मीहरूले असहयोग गर्दै आएका कारण आजित भएर राजीनामा दिएको बताए ।