close

आईसीआईडीका कार्यकारी निर्देशक अधिकारीलाई नमोबुद्धको विशेष सम्मान

आईसीआईडीका कार्यकारी निर्देशक अधिकारीलाई नमोबुद्धको विशेष सम्मान

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमुबुद्ध नगरपालिकाले लामो समयदेखि विकास पत्रकारितामा सक्रिय पत्रकार शिव अधिकारीलाई विशेष सम्मानद्वारा सम्मानित गरेको छ ।


नगरको सातौँ स्थापना दिवसको अवसर पारेर मंगलबार आयोजित विशेष कार्यक्रममा कार्यक्रममा पूर्वसंचारमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटा र नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले सम्मान गरेका हुन् ।


आईसीआईडी प्रालिका कार्यकारी निर्देशक अधिकारी पालिकाखबरडटकमका अध्यक्षसमेत हुन् । अधिकारी विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।


पत्रकार अधिकारीसँगै समाजसेवी एवं व्यवसायी कुमार दाहाल र नेपाल केम्फो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्ण पाण्डेलाई पनि विशेष सम्मान गरिएको छ ।


कर्मचारी, जग्गादाता र उपभोक्ता समिति पनि सम्मानित


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंलाई नगरको समृद्धि र प्रशासनिक कार्य एवं सुशासनमा योगदान पुर्‍याएबापत विशेष सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी सन्तोष काफ्ले, उत्कृष्ट वडा सचिव शंकर भट्टराई, उत्कृष्ट वडा कार्यालयहरु वडा नं.- १ र २ लाई सम्मान गरिएको छ ।


वडा कार्यालय निर्माणका लागि जग्गा दिने गोविन्द घिमिरे, रामकृष्ण श्रेष्ठ तथा दुईवटा सडक उपभोक्ता समितिलाई सम्मान गरिएको छ ।


कोरोना भाइरस नियन्त्रण र रोकथाममा सक्रिय एम्बुलेन्स चालक पञ्चलाल श्रेष्ठ, सवारी चालक ङेमा लामा, कार्यालय सायोगी सीता खड्का, प्रवीण अधिकारी, हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्य, गंगाराम तिमल्सिना, सिनियर अहेव कल्पना अधिकारी, स्टाफ नर्स शर्मिला प्रजापति, बिना श्रेष्ठ, कम्प्युटर अपरेटरहरू राजीव श्रेष्ठ, श्याम खनाल, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, डा. रामशरण श्रेष्ठ नमोबुद्ध गुम्बा, समाजसेवी वाङचुक राप्तेन लामा, गैरसरकारी संस्था सिप्रेड, वडा अध्यक्षहरू उद्धवप्रसाद काफ्ले, धर्मसिंह लामा, रामकृष्ण उपाध्यायलाई पनि सम्मान गरिएको छ ।


नमोबुद्ध- ८ स्थित स्वास्थ्य चौकीमा कार्यरत रहेका बेला हत्या गरिएकी रञ्जना अधिकारीको छोरालाई पठनपाठनका लागि ३० हजार, नमोबुद्ध नगरपालिका वडा नं.- १० की तत्कालीन कर्मचारी स्वर्गीय नरकुमारी घोरासैनीको परिवारका सदस्यलाई २५ हजार तथा नमोबुद्ध नगरपालिका वडा नं.- ९ का तत्कालीन वडा सचिव स्वर्गीय श्रीराम सत्यालको परिवारलाई कर्मचारी कल्याण कोषबाट एक लाख ८७ हजार ८५ रुपैयाँ आर्थिक सहायता पनि प्रदान गरिएको छ ।