close

१९ विद्यालयले पाए ३० लाख अनुदान

१९ विद्यालयले पाए ३० लाख अनुदान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभरिका १९ विद्यालयलाई शैक्षिक जनशक्ति व्यवस्थापनका लागि करिब ३० लाख रुपैयाँ दिने भएको छ ।


पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले  तीन माध्यमिक, १५ आधारभूत र एक बालविकास केन्द्रलाई शैक्षिक जनशक्ति व्यवस्थापनका लागि २९ लाख ७० हजार रुपंयाँ निकासा गर्न लागेको गाउँपालिकाका शिक्षा अधिकृत सुनिता भट्टराईले जानकारी दिइन् ।


‘सरस्वती मावि साब्लाखुले चार लाख ६० हजार, सिंहेश्वरी मावि आङ्खोपले तीन लाख ६० हजार र आँगेपा आधारभूत विद्यालय आङ्खोप र इन्द्रावती आधारभूत विद्यालय आङ्खोपले प्रत्येकले तीन लाख ४० हजारका दरले गाउँपालिकाबाट अनुदान पाउनेछन्’, शिक्षा अधिकृत भट्टराईले भनिन् ।


यस्तै, सिद्धेश्वरी मावि सादेवा, इन्द्रावती आधारभूत विद्यालय आङ्खोप, खेसेबुङ आधारभूत विद्यालय सादेवा, गौतमबुद्ध आधारभूत विद्यालय लिम्बूदिन, जसोदा आधारभूत विद्यालय मेहेले, जलपा आधारभूत विद्यालय कालीखोला, देउराली आधारभूत विद्यालय लिम्बूदिन र मकालु आधारभूत विद्यालय आङ्खोपले ९८ हजार रुपैयाँका दरले अनुुदान पाउनेछन् ।


मझुवा बालविकास केन्द्र आङ्खोप, राधिका आधारभूत विद्यालय साब्लाखु, राम आधारभूत विद्यालय लिम्बूदिन, श्यामटार आधारभूत विद्यालय कालीखोला, सुम्निमा ओडारे आधारभूत विद्यालय सादेवा, आदर्श आधारभूत विद्यालय कालीखोला र सिदिङ्वा आधारभूत विद्यालय कालीखोलालाई पनि ९८ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने शिक्षा अधिकृत भट्टराईले बताइन् ।