close

दानमा जग्गा पाएपछि सुस्तामा अस्पताल, सरावलमा विवादपछि स्थगित

दानमा जग्गा पाएपछि सुस्तामा अस्पताल, सरावलमा विवादपछि स्थगित

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– सरकारले १० शय्याको अस्पताल बनाउने योजनासहित रकम उपलब्ध गराए पनि स्थान अभावले पिरोलिएको सुस्ता गाउँपालिकाले जग्गा पाएको छ ।


पालिकाको चिन्तालाई संन्यासी पुरी र उनी नेतृत्वको बालपुरी कुटीले समाधान गरिदिएको छ । बालपुरी कुटीले जग्गा दिएपछि सुस्ता गाउँपालिकाले सुस्ता–२ कुडियामा अस्पताल शिलान्यास गरेको हो ।


महन्थका नामले परिचित संन्यासी मनराज बालपुरीबाबाको उत्तराधिकारी मानिन्छन् । बालपुरीबाबा धामले ४ कठ्ठा जग्गा दान दिएपछि सुस्ताले अस्पताल शिलान्यास गरेको छ ।


‘हामीले पालिकामा आधारभूत स्वास्थ्य  सेवा पु¥याउन पहल लिएका छांै’, गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले भने, ‘जग्गा व्यवस्थापन भएपछि अस्पताल निर्माण सुरु गरेका हौं ।’


बालपुरी बाबाका ५२ मठ छन् । मठका जग्गामा दलालहरूको  आखाँ पर्दै आएको थियो । दलालबाट बचाएको जग्गा अस्पताललाई दिन पाएपछि खुसी लागेको मनराज बताउँछन् । मुद्दा–मामिलाका क्रममा भिड्दै जग्गा बचाएको उनले सुनाए  ।


‘जग्गाको लालपुर्जासमेत छ’, स्थानीय ज्ञानप्रसाद पाठक भन्छन्, ‘पुर्जावाला जग्गामा अस्पताल शिलान्यास भयो । चाहिए अझै दिन्छौं ।’ गाउँपालिकाका अध्यक्ष पाण्डेले बालपुरी कुटीले अस्पतालले चाहेजति  जग्गा दिन सहमत भएको बताए ।


सुस्ताले मनराजसहित आश्रममा क्रियाशील समितिका पदाधिकारीलाई जग्गा दिएको भन्दै सम्मानसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले जानकारी दिए । गाउँमै आधारभूत स्वास्थ्य सेवाका लागि अस्पताल शिलान्यास हुनु सकारात्मक भएको स्थानीय अमित खड्का बताउँछन् ।


कतै स्वास्थ्य चौकी, कतै अस्पताल शिलान्यास


नवलपरासीको बर्दघाट नगरपालिका वडा–१ मा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । नगरप्रमुख धीरज शर्मा बस्यालले उक्त भवन शिलान्यास गरे ।


बस्यालले नगरमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन वडा–वडामा स्वास्थ्य चौकी निर्माण भइरहेको बताए । पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम सुरु गर्न लागिएको जानकारी उनले दिए ।


वडा–१ का वडाध्यक्ष मोतीलाल सुनारले करिब २८ लाख बजेटमा अस्पताल निर्मा(ा गरिन लागेको बताए ।


प्रतापपुरमा जगन्नाथपुर प्राथमिक स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पताल बनाउन कार्यवाहक अध्यक्ष अन्जुकुमारी चौधरीले शिलान्यास गरेको प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले जानकारी दिए ।


त्यस्तै, रामग्राम–४ मा पनि आधारभूत स्वास्थ्य चौकी शिलान्यास भएको पालिकाले बताएको छ । सरावल गाउँपालिकामा भने जग्गा विवाद समाधान नभएपछि अस्पाताल शिलान्यास हुन सकेन । ‘सहमति नहँुदा अस्पताल शिलान्यास गर्न सकिएन’, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले भने ।