close

डडेलधुराका तीन पालिकामा सुपथ मूल्य फार्मेसी

डडेलधुराका तीन पालिकामा सुपथ मूल्य फार्मेसी

Trulli
ADVERTISEMENT

डडेल्धुरा– ग्रामीण बस्तीमा सहजै औषधी उपलब्ध गराउने उद्देश्यले डडेल्धुराका तीन पालिकाले स्वास्थ्य संस्थामा सुपथ मूल्य फार्मेसी सञ्चालन गरेका छन् ।

 

अजयमेरु गाउँपालिका वडा–३ को भद्रपुर स्वास्थ्य चौकीमा, भागेश्वर गाउँपालिका वडा–१ को आधारभूत स्वास्थ्य केन्द्र पनिउट, वडा– २ को रुपाल स्वास्थ्य चौकी रुपाल र ३ को भागेश्वर स्वास्थ्य चौकी बोगटामा फार्मेसी सञ्चालन गरिएका हुन् ।

 

‘अब वडा–४ र ५ मा पनि फार्मेसी सञ्चालनको तयारी गर्दै छौं’, गाउँपालिका अध्यक्ष कौशिला भट्टले भनिन्, ‘यसबाट स्थानीयले लाभ लिन सक्नेछन् ।’ गन्यापधुरा गाउँपालिका मुकाम गणेशपुरको गणेशपुर स्वास्थ्य चौकीमा सुपथ मूल्य फार्मेसी सञ्चालनमा ल्याइएको हो ।

 

विशेषगरी दीर्घ रोगी तथा नियमित औषधी सेवन गर्नेहरूलाई लक्षित गरेर फार्मेसी स्थापना गरिएको हो । ‘फार्मेसीमा तोकिएअनुसारको मूल्यभन्दा सस्तोमा औषधी बिक्री गर्न थालिएपछि बिरामीले सुविधा पाएका छन् ।

 

फार्मेसी सञ्चालनमा आइसकेपछि गाउँलेहरूलाई औषधी किन्न गाडी चढेरै सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ । यसअघि औषधी किन्न मात्रै स्थानीयले गाडी भाडा र खानानास्ता गरी एक हजार रुपैयाँ खर्चिनुपर्ने बाध्यता थियो ।