close

कानुन मिचेको आरोपमा कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

कानुन मिचेको आरोपमा कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

Trulli
ADVERTISEMENT

तनहुँ-  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्लामै पक्राउ परेका छन् ।

 

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

 

तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न आएका पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखिएको छ ।


‘उहाँ (रामचन्द्र पौडेल)ले निषेधाज्ञा तोड्नुभया, त्यही भएर हामीले उहाँलाई लिएर आएका हौं,’ तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने । उनलाई निशेधाज्ञा तोडेको भन्दै आक्रमण हुनसक्ने खतरा वढेपछि  कायृक्रममा जान रोक लगाइएको उनको भनाइ छ ।