close

गाउँपालिका अध्यक्ष साहले बाँडे जस्तापाता

गाउँपालिका अध्यक्ष साहले बाँडे जस्तापाता

Trulli
ADVERTISEMENT

रौतहट- रौतहटको दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरूणकुमार साहले ३२३ घरपरिवारलाई जस्तापाता वितरण गरेका छन् ।


आसमान नेपालको सहयोगमा गाउँपालिकाले वडा- १ गंगापिपरा, वडा- २ भलोहिया तथा वडा- ३ मत्सरीका ३३४ गरिब तथा दलित घरपरिवारलाई जस्तापाता वितरण गरेको हो ।

 

गाउँपालिका अध्यक्ष साहले गरिब तथा दलित घरपरिवारलाई जस्तापाता, बेल्चा, आरी, हतौडी तथा दबिया वितरण गरे । ‘गाउँपालिकाको स्रोत, साधनले मात्र विकास निर्माण गर्न नसकिने अवस्था रहेकाले दाताबाट सहयोग लिनुपरेको हो । यसबाट गरिब तथा विपन्नलाई लाभ मिल्नेछ’, अध्यक्ष साहले भने ।

 

नमुनाको रूपमा आर्थिक वर्ष २०७६/०७७ मा वडा- २ भलोहियाका डोम जातिका चार घरका लागि पक्की घर निर्माण सम्पन्न भइसकेको अध्यक्ष साहले जानकारी दिए ।

 

‘चालू आर्थिक वर्षमा मुसहर तथा अतिविपन्न घरपरिवारका लागि आवासको व्यवस्था तथा बर्सेनि बाढीको समस्या भोग्दै आएका वडा- ५ बडहर्वाका गरिब घरपरिवारलाई सुरक्षित आवासको व्यवस्था मिलाउँदै छौँ’, अध्यक्ष साहले भने ।