close

वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प

वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प

Trulli
ADVERTISEMENT

काठमाडौँ । 
वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् । 

 

नागढुंगा—सिस्नेखोला सुरुङमार्ग बाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माणाधीन योजनासँगै निर्माण सुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण शुरु हुने अवस्थामा छैनन् । बुटवल–पोखरा सडक विस्तार, नागढुंगा मुग्लिन सडक र सोही स्थानमा त्रिशूलीपारिपट्टि बनाइँदै गरेको सडक, गल्छी–त्रिशूली– मैलुङ–स्याफ्रुबेँसी सडक लगायत आयोजनमा यसको प्रभाव देखिएको छ । यीमध्ये कतिपयमा निर्माण ठप्प र कतिपय कछुवा गतिमा अघि बढेको सडक विभागका सहायकता समन्वय महाशाखाका प्रमुख अर्जुन जंग थापाले बताए।

 

उनले भने, ‘सबै योजनामा यथा स्थितिमा नै निर्माण ठप्प छ ।’ काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न योजनामा वैदेशिक लगानी सुनिश्चित भएपनि कोभिड–१९ कै कारण अघि बढ्न नसकेको पाइन्छ ।’ चक्रपथको पहिलो चरणका रुपमा कोटेश्वर–कलंकी सडक निर्माण गरेको चीन सरकारले दोस्रो खण्डको पनि विस्तार गर्ने जनाएको थियो । निर्माणस्थल खाली भइसके पनि चिनियाँ टोली आइसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटी र नयाँबानेश्वर चोकमा फ्लाई ओभर निर्माण गर्ने गरी छलफल भएको थियो । 

 

विगतका वर्षदेखि नै जाइकाले सो स्थानमा ‘फ्लाई ओभर’ निर्माण गर्न चाहेको थियो । तत्काल कुनै पनियोजना अघि बढ्ने अवस्था नभएको प्रमुख थापाले बताए । उनले भने, ‘अवस्था सामान्य नहुँदासम्म उनीहरु आएर कामसुरु गर्ने देखिँदैन ।’