close

जिल्ला अस्पतालको कन्तबिजोकः दरबन्दी ३१, कार्यरत ६ जना

जिल्ला अस्पतालको कन्तबिजोकः दरबन्दी ३१, कार्यरत ६ जना

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व– पूर्वी नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।


सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा रहेको मध्यबिन्दु अस्पताल जिल्ला अस्पताल बनेलगत्तै १५ शय्याबाट सेवा सुरु भइरहे पनि सरकारी दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा सास्ती देखिएको हो ।


मध्यबिन्दु जिल्ला अस्पतालका निमित्त मेकिडल सुपरिटेन्डेन्ट डा. सुनिलराज गौतमका अनुसार कार्यालय सहयोगी ११  र अन्य २० गरी ३१ जनाको दरबन्दी रहेकामा ६ जना मात्र दरबन्दीका कर्मचारी तथा स्वास्थ्यकर्मी छन् ।


‘बाँकी कर्मचारी तथा स्वास्थ्यकर्मीहरु भने निजी स्रोतबाट पदपूर्ति गरेर अस्पतालकै आम्दानीबाट पाल्नुपर्ने अवस्था छ’, डा. गौतमले भने ।


अस्पतालमा ११ कार्यालय सहयोगी, एक  प्रशासनतर्फका सुब्बा, एक जना नवौं तहका कल्सल्टेन्ट, दुई मेडिकल अधिकृत, ६ जना स्टाफ नर्स, दुई अनमी, एक जना एचए, दुई अहेब, एक ल्याब टेक्निसियन, दुई ल्याब असिस्टेन्ट र एक मेडिकल रेकर्डरको दरबन्दी छ ।


अहिले मध्यबिन्दु जिल्ला अस्पतालमा सरकारले एक मेडिकल अधिकृत, दुई  स्टाफ नर्स, एक एचए, १ एक ल्याब टेक्निसियन र एक मेडिकल रेकर्डर मात्र छ ।