close

नमुना प्राङ्गारिक गाउँ बन्दै मना गाउँ, रोपवेबाट हुँदै छ कृषि उपज ढुवानी

नमुना प्राङ्गारिक गाउँ बन्दै मना गाउँ, रोपवेबाट हुँदै छ कृषि उपज ढुवानी

Trulli
ADVERTISEMENT

बाजुरा - बाजुराको बडिमालिका नगरपालिका वडा नं.- ५मा रहेको मना गाउँलाई नमुना प्राङ्गारिक गाउँ बनाइने भएको छ । उक्त अभियानका लागि गाउँका स्थानीयसँग पहिलो चरणको अन्तरक्रिया गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए । 


पहिलो चरणको अन्तरक्रियामा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापती, सूचना अधिकारी मीनप्रसाद जैशी वडा अध्यक्ष बलबहादुर थापालगायत अन्य जनप्रतिनिधिसहित स्थानीय कृषक गरी १५० जनाको उपस्थिति थियो ।


उपस्थित कृषकले आफ्नो गाउँलाई नमुना प्राङ्गारिक गाउँ बनाउन आवश्यक रहेको र त्यसमा आफूहरूले गर्नुपर्ने सबै काम गर्न प्रतिबद्ध भएर लाग्ने बताएको सूचना अधिकारी जैशीले जानकारी दिए । कृषि ज्ञान केन्द्र बाजुराको अगुवाइमा नगरपालिका र वडा कार्यालयको सहयोगमा यो अभियान अगाडि बढाइने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताए । 


स्थानीय कृषकले सहयोग गरेर यो योजना सफल भयो भने केही महिनापछि त्यहाँको बडिमालिका ग्राभिटी रोपवेबाट पानी होइन, कृषि उपज ढुवानी हुने विश्वास आफुले लिएको सूचना अधिकारी जैशीको छ ।