close

भद्रपुरले सार्वजनिक गर्‍यो कोरोना खर्च

भद्रपुरले सार्वजनिक गर्‍यो कोरोना खर्च

Trulli
ADVERTISEMENT

झापा- झापाको भद्रपुर नगरपालिकाले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि ६५ लाख ९० हजार ४७७ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।


भारतसँग सीमा जोडिएको भद्रपुर नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामग्री खरिद, राहत वितरणलगायतका शीर्षकमा यो रकम खर्चिएको हो ।


कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि विभिन्न शीर्षकमा रकम संकलन भएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले जानकारी दिए ।


‘नगरपालिकाले विभिन्न वडाका गरिब, विपन्न परिवारलाई राहत वितरणका लागि ४१ लाख दुई हजार, क्वारेन्टाइन, होल्डिङ सेन्टर निर्माण तथा व्यवस्थापनमा १३ लाख ८३ हजार, औषधि एवं स्वास्थ्य उपकरण तथा सामग्री खरिदमा ७४ हजार, मेची अंचल प्रादेशक अस्पतालको सहयोगमा आइसोेलेसन केन्द्र निर्माण र व्यवस्थापनमा तीन लाख र विविधमा ६४ हजार रुपैयाँ खर्च भएको छ’, भट्टराईले भने ।


नगरपालिकाले आफ्नो कोषबाट पाँच लाख रुपैयाँ जम्मा गरेर कोरोना कोष स्थापना गरेको छ । नगरपालिकाले विभिन्न विद्यालयमा क्वारेन्टाइन निर्माण गरेर भारतलगायत मुलुकबाट आउनेहरूलाई राखेको थियो ।