close

अपांगका घरमै पुगेर बर्दघाटका जनप्रतिनिधिले बाँडे कम्बल

अपांगका घरमै पुगेर बर्दघाटका जनप्रतिनिधिले बाँडे कम्बल

Trulli
ADVERTISEMENT

नवलपरासी- २९औँ अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा बर्दघाट नगरपालिकाका जनप्रतिनिधिले अपांगता भएकाहरूको घरमै पुगेर कम्बल वितरण गरेका छन् ।


प्रत्येक वडामा दुई जनाका दरले प्राथमिकतामा परेकाहरूलाई नगरले कम्बल वितरण गरेको हो ।


नगरप्रमुख धीरज शर्मा बस्यालले बर्दघाट- ३ आनन्दनगरस्थित अपांगता भएकी एक युवतीको घरमै पुगेर अभियान उद्घाटन गरे । बस्यालले अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि नगरपालिका सदैव तयार सन्देशसहितको शुभकामना जारी गरेका छन् ।


अपांगता परिचयपत्र वितरण स्थानीय समन्वय समिति संयोजक एंव नगर उपप्रमुख मायादेवी पौडेलले अपांगता भएकाहरूलाई हौसला दिन सहयोग लिएर घरघरमै पुगिएको बताइन् ।


नगरमा २६५ जना अपांगता भएकाले परिचयपत्र नवीकरण गराएका छन् ।