close

गौरीगंगाका ३३ अपांगता भएका विद्यार्थीले पाए शैक्षिक सामग्री

गौरीगंगाका ३३ अपांगता भएका विद्यार्थीले पाए शैक्षिक सामग्री

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको गौरीगंगा नगरपालिकाले २९औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा अपांगता भएका ३३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।


पालिकाका ११ वडाबाट तीन जनाका दरले प्रतिविद्यार्थी विद्यालय पोसाक, झोला, कापी-कलम, पेन्सिल तथा पोसाक सिलाइका लागि नगद ५०० रुपैयाँ प्रदान गरिएको हो ।


सामग्री वितरण कार्यक्रममा नगरप्रमुख भीमबहादुर देउवाले अपांगता भएका कारण समाजमा विभेद भोग्नु दुखद् भएको बताए । ‘अपांगता भएका बालबालिकालाई पढाइमा सहयोग पु¥याउन शैक्षिक सामग्री वितरण गरेका हौँ’, उनले भने ।