close

कसले ह्याक गर्यो मुख्यमन्त्री राउतको फेसबुक ?

कसले ह्याक गर्यो मुख्यमन्त्री राउतको फेसबुक ?

Trulli
ADVERTISEMENT

धनुषा–  प्रदेश २ का मुख्यमन्त्री लालबावु राउत र उनको संचार सचिवालयको फेसबुक पेजमाथि ह्याकरले नियन्त्रण जमाइदिएको छ ।

 

शुक्रबार (आज) उनको फेसवुक पेज र सचिवालयको पेज ह्याक गरी चिनिया जस्तो देखिने एक युवतीको प्रोफाइल पिक्चर राखिएको छ भने चिनियाँ भाषामा नाम राखिएको छ ।

 

प्रदेश १ कै धरान लाेकेसनबाट ह्याक भएको देखिएपनि कसले र कुन प्रयोजनका लागि गर्यो भन्ने खुल्न नसकेको उनको सचिवालयले जनाएको छ । सरकारी साइटहरु ह्याक भइरहेको बेला मुख्यमन्त्रीको समेत पेज ह्याक भएपछि सरकारी साइवसर सुरक्षामा प्रश्न उठेको छ ।

 

मुख्यमन्त्री राउतले ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालयले ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज चलाउँदै आएको थियो । मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएकी ह्याक भएको जानकारी दिएका छन् ।