close

गाउँपालिका अध्यक्ष भए स्कूलकाे पनि अध्यक्ष, खुसीमा उपाध्यक्ष र वडा अध्यक्षले लगाए अवीर

गाउँपालिका अध्यक्ष भए स्कूलकाे पनि अध्यक्ष, खुसीमा उपाध्यक्ष र वडा अध्यक्षले लगाए अवीर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौला आफ्नै गाउँको एउटा माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष बनेका छन् । 


गाउँपालिका अध्यक्ष सिटौला आठराई त्रिवेणी गाउँपालिका वडा नं- २ फूलबारीमा रहेको दुर्गा माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेका हुन् । ताप्लेजुङमा अहिलेसम्म वहालवाला वडा अध्यक्षभन्दा माथिल्ला तहका जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका छैनन् ।


स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार सम्बन्धित स्थानीय तहका प्रमुख सम्बन्धित पालिकाको शिक्षा समितिको अध्यक्ष हुने व्यवस्था छ । सिटौला आठराई त्रिवेणी गाउँपालिकाको शिक्षा समितिका अध्यक्षसमेत हुन् । विद्यालय व्यवस्थापन समिति गाउँ शिक्षा समिति मातहत रहेको हुन्छ । 


विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका गाउँपालिका अध्यक्ष सिटौलालाई उपाध्यक्ष मञ्जु पौडेल भट्टराई, आठराई त्रिवेणी गाउँपालिका वडा नं.- २ फूलबारीका वडा अध्यक्ष सोम विमलीलगायतले बधाई दिएका थिए ।