close

उपभोक्ता समितिलाई याेजना संचालन गर्न सिकाउँदै खोटेहाङ 

उपभोक्ता समितिलाई याेजना संचालन गर्न सिकाउँदै खोटेहाङ 

Trulli
ADVERTISEMENT

खोटाङ - निर्धारित समयमा आयोजनाको काम सम्पन्न गर्नका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले उपभोक्ता समितिलाई सहभागी गराएर एक दिने अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ । 


आयोजनाको कामलाई निर्धारित समयमा निर्धारित गुणस्तरमा सम्पन्न गर्नका लागि गाउँपालिकाले बिहीबार २० वटा योजनाका उपभोक्ता समितिलाई सहभागी गराएर अभिमुखीकरण तथा अन्तर्क्रिया गरेको हो ।

 

अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा सहभागी उपभोक्ता समितिका पदाधिकारीलाई उपभोक्ता समिति गठन, संचालन तथा व्यवस्थापन कार्यविधि, २०७५ अनुसार आयोजनाको उपभोक्ता समिति गठनदेखि योजना सम्झौता, खाता संचालन, कामको गुणस्तर, कार्य सम्पन्न प्रतिवेदन, अन्तिम भुक्तानी निकासा र योजना फर्छ्याेटसम्मका चरणका बारेमा जानकारी दिइएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।


गाउँपालिकाका प्राविधिक शाखाका इन्जिनियर राजु भट्टराईले योजनाको लागत स्टिमेट, रनिङ बिल, कामको गुणस्तर परिणाम, जाँचपास र कार्य सम्पन्न प्रतिवेदनका बारेमा उपभोक्ता समितिलाई जानकारी गराएका छन् । 


यस्तै, लेखा शाखाका जीवन फुयाँलले उपभोक्ता समितिको खाता संचालनसम्बन्धी प्रक्रिया, पेस्की तथा अन्तिम भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजात, बिल भर्पाइलगायतका बारेमा सहजीकरण गरेका छन् । 


योजना शाखाका प्यास्पी राईले योजना सम्झौता, अभिलेखन व्यवस्थापन, बैठक माइन्युट व्यवस्थापन र उपभोक्ता समिति गठन, संचालन तथा व्यवस्थापन कार्यविधिको अनुसूची ३, ४, ५ र ६ का बारेमा जानकारी दिएका छन् । 


आन्तरिक लेखा परीक्षण शाखाका योगेश श्रेष्ठले लेखापरीक्षण र सूचनासम्बन्धी तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, अनुगमन तथा सुपरीवेक्षण, सामाजिक परीक्षण र होर्डिङबोर्डका बारेमा उपभोक्ता समितिलाई जानकारी गराएका छन् ।


अभिमुखीकरण तथा अन्तर्क्रियामा सहभागी उपभोक्ता समितिका पदाधिकारीलाई गाउँपालिका अध्यक्ष राईले उपभोक्ता समितिलाई उपभोक्ता समिति गठन, संचालन तथा व्यवस्थापन कार्यविधिअनुसार योजना संचालन गर्नक आग्रह गरेका छन् ।