close

कोरोना अपडेट : कोभिड १९ बाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु

कोरोना अपडेट : कोभिड १९ बाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु

Trulli
ADVERTISEMENT

एजेन्सी । 

विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु  भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जानकारी दिएको छ । 


सो संगठनका अनुसार विश्वमा २ करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हालविश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना भाइरस संक्रमितरहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरूमध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गतवर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   

अमेरिकामा ६७लाख७८ हजार १४७ जनामा कोरोना भाइरसका संक्रमितरहेका छन् । यहाँ ४० लाख  ६८ हजार ८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।


भारतमा  ५० लाख २० हजार ३५९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ  ३९ लाख ४२ हजार ३६० कोरोना भाइरस मुक्त भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३६ लाख ७१ हजार १२८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३३ हजार २०७ जनाको मृत्यु भएको छ ।  

 

रुस १० लाख७३ हजार ८४९ जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ ८ लाख ८४ हजार ३०५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ७५० जनाको मृत्यु भएको छ । 

पेरुमा ७ लाख  ३८ हजार २० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८० हजार ७५३ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ९२७जनाको मृत्यु भएको छ ।

 

कोलम्बिया ७ लाख २८ हजार ५९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ६ लाख ७ हजार ९७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार २८८ जनाको मृत्यु भएको छ ।

 

मेक्सिकोमा ६ लाख ७६ हजार ४८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ८१ हजार ६८ कोरोना भाइरस मुक्त भएका छन्  भने ७१ हजार ६७८ जनाको मृत्यु भएको छ । 

 

दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ८३ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ । 

 

स्पेनमा ६ लाख ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३० हजार ४ जनाको मृत्यु भएको छ । 

 

अर्जेन्टिना ५ लाख ७७ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ४ लाख ३८ हजार ८८३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ८५२ जनाको मृत्यु भएको छ ।