close

सन्धिखर्कको रिठेखोलामा बन्यो पुल, एक आपसमा जाेडिए ३ वडाबासी

सन्धिखर्कको रिठेखोलामा बन्यो पुल, एक आपसमा जाेडिए ३ वडाबासी

Trulli
ADVERTISEMENT

रुपन्देही - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा- ३, ४ र ६ लाई जोड्ने गरी पुल निर्माण भएको छ । रिठेखोलामा निर्मित पुलुको सन्धिखर्कका नगरप्रमुख कमलप्रसाद भुसालले उद्घाटन गरे ।

 

कार्यक्रममा नगरप्रमुख भुसालले विकास निर्माणका योजनाहरू गुणस्तरीय भए मात्र नागरिकलाई सहज हुने बताए । उनले भने, ‘पुल बनेपछि अब नगरपालिकाका तीन वडाबासीलाई आवजाउमा सहज हुनेछ ।’


नगरपालिकाकी उपप्रमुख ठाकुरकुमार विकले उपभोक्ता समिति तथा गैरसरकारी संस्थाहरूबाट निर्माण गर्ने विकास निर्माणका काम पारदर्शी हुनुपर्ने आवश्यकता औँल्याए ।

 

सन्धिखर्क वडा- ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता लीलाराम गौतम, वडा- ४ का वडाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, ग्रामीण तथा स्वास्थ्य विकास केन्द्रका अध्यक्ष ठाकुरप्रसाद अधिकारीले विकास निर्माणलाई गुणस्तरीय बनाउन अनुगमन र पारदर्शिता आवश्यक पर्नेमा जोड दिए ।

 

रिठेखोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले पुल निर्माणपछि ३ वटा वडाले भोगिरहेको समस्या समाधान हुने बताए ।