close

देवदहमा आधारभूत स्वास्थ्य केन्द्र

देवदहमा आधारभूत स्वास्थ्य केन्द्र

Trulli
ADVERTISEMENT

रुपन्देही– रुपन्देहीको देवदह नगरपालिकाको वडा– १० मा आधारभूत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । नगरप्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा भवन शिलान्यास गरेका हुन् ।


देवदह नगरप्रमुख खत्रीले स्थानीयको सहयोगबिना विकास निर्माणले पूर्णता नपाउने बताए । ‘स्वास्थ्य र शिक्षामा नगरपालिकाले उल्लेख्य लगानी गरेको छ’, खत्रीले भने ।


उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदहमा आधारभूत अस्पताल निर्माण हुन लागेको बताइन् । देवदह वडा– १० का वडाध्यक्ष यकबहादुर सुनारले स्वास्थ्य केन्द्र बनेपछि वडाबासीले औषधोपचारमा सहयोग पुग्ने बताए ।


अस्पताल ३० जेठ २०७८ भित्र सम्पन्न गर्ने गरी नर्थ इन्जिनियरिङ प्रालिले ३४ लाख ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । कार्यक्रममा देवदका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले स्वास्थ्य केन्द्र निर्माण गुणस्तरीय हुनुपर्ने आवश्यकता औँल्याए ।