close

गृह जिल्लामा कृषि मन्त्री भुषाललाई उद्घाटन र शिलान्यासकै चटारो

गृह जिल्लामा कृषि मन्त्री भुषाललाई उद्घाटन र शिलान्यासकै चटारो

Trulli
ADVERTISEMENT

रुपन्देही– गृह जिल्ला रुपन्देही मा छन् यतिवेला भएका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषाल । र उनलाई भ्याइनभ्याइ छ, उद्घाटन र  शिलान्यासको ।


उनको पार्टीका दुई अध्यक्षबीचको विवादले स्थानीय पार्टीका गतिविधि ठप्प भएपछि उनी यतिवेला जिल्ला आएर पार्टीका काममा भन्दा उद्घाटन र शिलान्यासमै समय कटाइरहेका छन् ।


सोमबार मात्रै मन्त्री भुषाल तीनवटा कार्यक्रममा प्रमुख अतिथि बने । अर्घाखाँची सिमेण्ट उद्योग प्रालिले रुपन्देहीको सियारी गाउँपालिका–२ मा निर्माण थालेको स्वास्थ्य केन्द्रको शिलान्यास गरे । कृषि बजारलाइ आधुनिकीकरण गर्ने उद्देश्य सहित भैरहवामा निर्माण सुरु भएको आधुनिक कृषि भवनको पनि शिलान्यास गरे ।  


दुईवटै कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुषालले कृषिको विकासको लागि अहिले ३ वर्षको रणनीति तयार भएको वताए । उनले यस अघि कृषि मन्त्री र कर्मचारीले आफूले वितरण गर्न लागेको बजेटलाई स्थानीय तहसम्म पठाउने वताए ।


निर्माण पश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शय्याको अस्पताल सञ्चालन गर्नेछ । उद्योगले स्थानीय क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका प्रवन्ध निर्देशक राजेशकुमार अग्रवाल बताउँछन् ।


सोमबार नै मन्त्री भुषालले सामुदायिक कृषि बजार पुर्वाधार विकास आयोजना अन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउमा ब्लक बी अन्तर्गत आधुनिक भवनको समेत शिलान्यास गरे ।


२४ करोड २७ लाख ४८ हजार ४ सय ४९ रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माण गर्न विकास एण्ड ब्रदस, आत्रेय र बस्नेत जेभीले १६ करोड ३८ लाख १७ हजार २ सय ६० रुपैयामा ठेक्का पाएको छ ।


६ तल्ले भवनमा बेसमेन्टमा चिस्यान केन्द्र देखि आधुनिक कृषि बजार, रेस्टुरेन्ट, सिनेमा हल लगायतको सुविधा रहने सिद्धार्थनगर नगर पालिकाले जनाएको छ । सिद्धार्थनगर नगर पालिका वडा नम्बर १३ मा यसभन्दा अघि नै करिब ११ करोड लागतमा कृषि बजार बनाउन सुरु भइसकेको छ ।