close

सुविधासम्पन्न अस्पताल बनाउँदै सियारी गाउँपालिका

सुविधासम्पन्न अस्पताल बनाउँदै सियारी गाउँपालिका

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको सियारी गाउँपालिका वडा- २ मा अर्घाखाँची सिमेन्टले डेढ करोडको लागतमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिदिने भएको छ ।

 

गाउँपालिकाको वडा- २ मैनिहवामा निर्माण हुने स्वास्थ्य केन्द्रको संघीय कृषि तथा पशुपक्षीमन्त्री घनश्याम भुसालले शिलान्यास गरे ।

 

अर्घाखाँची सिमेन्टका प्रबन्ध सञ्चालक राजेश अग्रवालका अनुसार स्वास्थ्य केन्द्र निर्माण यही आर्थिक वर्षभित्रै सम्पन्न हुनेछ ।

 

कार्यक्रममा मन्त्री भुसालले आउँदो वर्ष कसानका लागि मलखादको समस्या नहुने दाबी गरे । सहकारीहरूले मलको दुरुपयोग गरेको हुँदा अभाव हुने गरेको उनको भनाइ छ ।

 

‘अबदेखि सरकारले गाउँपालिकाले तोकेका वितरकलाई मल वितरणको जिम्मा दिने हुँदा किसानले सहज रूपमा पाउन सक्छन् । जुन पालिकालाई जति चाहिन्छ, त्यति मल संघीय सरकारले दिन्छ’, मन्त्री भुसालले भने ।

 

सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले अर्घाखाँची सिमेन्टले निर्माण गरिदिने स्वास्थ्य केन्द्रले स्थानीबासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा पालिकाले सक्दो पहल गर्दै आएको बताइन् ।