close

प्रदेश १ का ३० स्थानीय तहका भूमिहीनलाई लालपुर्जा, कहाँ कतिले पाए ?

प्रदेश १ का ३० स्थानीय तहका भूमिहीनलाई लालपुर्जा, कहाँ कतिले पाए ?

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– भूमि सम्वन्धी समस्या समाधान आयोगले प्रदेश १ का ताप्लेजुङ, पाँचथर, धनकुटा र भोजपुरका एक–एक सहित ३० स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास भएका नागरिकलाइ लालपूर्जा उपलब्ध गराउने प्रकृया अघि बढाएको छ ।


भूमि सम्वन्धी समस्या समाधान आयोगले ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका १२ भूमिहीन दलित र २४ भूमिहीन सुकुम्बासी गरी ३६ परिवारलाइ लालपूर्जा उपलब्ध गराउने भएको छ ।


गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार पहिलो चरणमा लालपूर्जा उपलब्ध गराउन प्रकृया आरम्भ भएका ३० स्थानीय तहमध्ये पाथीभरा याङ्वरकको संख्या सबैभन्दा कम हो । आयोगमा प्रदेश१ बाट सदस्य रहेका गोपाल गुरागाँइका अनुसार पाँचथरको हिलिहाङ गाउँपालिकाका १७ दलित, १८ सुकुम्वासी भूमिहीन र ३५० अव्यवस्थित बसोबास गरी ३८५ जनालाइ लालपूर्जा वितरण गर्नेगरी प्रकृया सुरु भएको छ ।

 

यस्तै इलामका माङ्सेबुङ र माइ नगरपालिकाका दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने क्रमशः दुई हजार तीनसय २० र चार हजार एकसय ९५ जनालाइ लालपूर्जा उपलब्ध गराइने छ ।


धनकुटाको धनकुटा नगरपालिकामा चारसय ७० जना दलित,  सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जा पाउने छन् । भोजपुरको हतुवागढी गाउँपालिकाका भूमिहीनलाई पनि लालपूर्जा दिइने भनिएपनि संख्या भने तोकिएको छैन ।


झापाका नौ स्थानीय तहका भूमिहीनहरुलाई पहिलो चरणमै दिइने गरी लालपूर्जा पाउनेको पालिकागत संख्या समेत निर्धारण गरिएको छ । जसअनुसार कन्काइ नगरपालिकाका चारहजार पाँचसय ५३, गौरदह नगरपालिकाका चारहजार नौ सय ९३, दमक नगरपालिकाका पाँच हजार तीनसय ५१ र कमल गाउँपालिकामा चार हजार पाँच सय ५७ नागरिकलाइ लालपूर्जा दिनेगरी आयोगले प्रकृया अघि बढाएको छ ।


यस्तै झापा गाउँपालिकाका चारहजार २५, बाह्रदशी गाउँपालिकाका ६ सय ९६ र हल्दिवारी गाउँपालिकाका दुई हजार ९ सय ८५ भूमिहीनलाई लालपूर्जा दिइने छ । बुद्धशान्ति गाउँपालिका र शिवसतासी नगरपालिकाका भूमिहीनलाई पनि पहिलो चरणमै लालपूर्जा दिइने छ ।


तर आयोगले ती पालिकाबाट लालपूर्जा पाउन योग्यहरुको संख्या बताएको छैन । मोरङका सात स्थानीय तहका नागरिकलाई पनि पहिलो चरणमै लालपूर्जा दिइने भनिएको छ । जस अनुसार उर्लाबारी नगरपालिकामा पाँचहजार ४४, पथरी शनिश्चरे नगरपालिकाका ९ हजार पाँचसय, बेलबारी नगरपालिकाका ६ हजार ६१ र रंगेली नगरपालिकाका दुई हजार दुई सय ९३ भूमिहीनले लालपूर्जा पाउने छन् ।


यस्तै लेटाङ नगरपालिकाका चार हजार चार सय ४५, कानेपोखरी गाउँपालिकाका चार हजार एक सय ७४ र मिक्लाजुङ गाउँपालिकाका तीन हजार ६ सय ४२ भूमिहीनले लालपूर्जा पाउने छन् ।

 

आयोगका अनुसार सुनसरीका दुई स्थानीय तहका भूमिहीन नागरिकले पहिलो चरणमै लालपूर्जा पाउने छन् । जस अनुसार धरान उपमहानगरपालिका ६ हजार चार सय २९ र बराहक्षेत्र नगरपालिकाका ६ हजार ८० भूमिहिनले लालपूर्जा पाउने छन् ।


उदयपुरका पाँच पालिकाका भूमिहीन नागरिकले आयोगले तोकेको मापदण्ड अनुसार पहिलो चरणमै लालपूर्जा पाउने छन् । जस अनुसार कटारी नगरपालिकाका १० हजार दुई सय ९५,त्रियुगा नगरपालिकाका १८ हजार चारसय दुई, बेलका नगरपालिकाका १० हजार आठ सय ४२, चौदण्डीगढी नगरपालिकाका ११ हजार एक सय २८ र उदयपुरगढी गाउँपालिकाका सात हजार भूमिहीनलाई लालपूर्जा वितरण गर्ने आयोगको तयारी रहेको आयोगका सदस्य गुरागाँइले जानकारी दिए ।