close

२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघको सातौँ अधिवेशन सम्पन्न

२३ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघको सातौँ अधिवेशन सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं - नेपाल नगरपालिका संघको सातौँ अधिवेशन मंगलबार सम्पन्न भएको छ । कोभिडका कारण भर्चुअल माध्यमबाटै अधिवेशन सञ्चालन गरिएको थियो ।


अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथि संघीय अर्थमन्त्री विष्णु पौडेल र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अतिथिको रुपमा सहभागिता जनाएका थिए ।


राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलको पनि भर्चुवल माध्यमबाटै सहभागिता थियो ।


उद्घाटन सत्रमा नेपाल नगरपालिका संघका महासचीव भीमप्रसाद ढुंगानाले स्थानीय सरकारका अधिकारहरू यसरी नै कटौती गर्ने हो भने संघीयता धरापमा पर्न सक्नेतर्फ सचेत गराए ।


संघीय सरकारको कार्यशैलीलाई संकेत गर्दै अहिलेको देश पञ्चायतशैलीमा चलेको भन्दै स्थानीय सरकारलाई दिइएको २२ वटा अधिकारलाई पनि विभिन्न कारण देखाउँदै संघ र प्रदेश सरकारले नै प्रयोग गर्न नदिएकोप्रति उनले आक्रोश पोखे । 


उनले देशभरका ४५ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरहेको र ५० भन्दा बढी नगरपालिकामा लेखा शाखाप्रमुख नरहेको  संघीय सरकारलाई ध्यानाकर्षणसमेत गराए ।


कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नगरपालिकाहरूको समग्र विकासमा संघ उपयुक्त माध्यम रहेको बताए । साथै, कोभिडको रोकथाममा नगरपालिकाहरूले गरेको काम  सराहनीय रहेको उल्लेख गर्दै उनले सबै नगरपालिकाको प्रशंसा गरे । 


नेपाल नगरपालिका संघले औँल्याएकोे समस्या समाधान गर्न नेपाल सरकार जुनसुकै समय पनि तयार रहेको अर्थमन्त्री पौडेलले बताए । 


संघका निवर्तमान अध्यक्षसमेत रहेका बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अधिवेशनलाई सम्बोधन गर्दै भने, ‘हामी अहिले संघीयताको कार्यान्वयनमै  छौँ । अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’ 


स्थानीय सरकारले संघ र प्रदेश सरकारलाई आरोप-प्रत्यारोप गर्नुभन्दा पनि आफूले गर्नुपर्ने दायित्व इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।


मुख्यमन्त्री पौडेलले कोभिडको रोकथाममा पालिकाहरूले गरेको कामले नै स्थानीय सरकारको महत्त्व र आवश्यकता देखाइसकेको उल्लेख गरे ।


पौडेलले देशका सम्पूर्ण नगरपालिकाहरूलाई आफ्ना समस्या संघमार्फत आ-आफ्ना प्रदेश सरकार र संघीय सरकारमा लैजान आग्रह गरे । 


संघको अधिवेशनमा देशभरका नगर प्रतिनिधिका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको समेत सहभागिता थियो ।