close

सिरिजंघाको सिकैचामा बर्थिङ सेन्टर

सिरिजंघाको सिकैचामा बर्थिङ सेन्टर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा– ३ सिकैचामा स्वास्थ्य चौकीसँगै बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ ।

 

गाउँपालिकाले २४ लाख रुपैयाँको लगानीमा निर्माण गरेको स्वास्थ्य चौकी भवनको सोमबार पालिका अध्यक्ष टीकाराम गुरुङले उद्घाटन गरे । सोही स्वास्थ्य चौकी परिसरमा बर्थिङ सेन्टरको पनि शिलान्यास गरिएको हो ।

 

जनतालाई स्वास्थ्यको पहुँचमा आबद्ध गर्ने अभियानस्वरूप स्वास्थ्य चौकी भवन र गर्भवती महिलालाई सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर निर्माण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

 

सिरिजंघाले ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्रसँग मिलेर अघिल्लो वर्ष वडा– ८ याम्फुदिनमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर निर्माण गरेको थियो । चालू आर्थिक वर्षमा वडा–३ सिकैचामा स्वास्थ्य चौकी भवन र बर्थिङ सेन्टर निर्माण गरिन लागेको हो ।


गाउँपालिकाले चालू आर्थिक वर्षमै बर्थिङ सेन्टर बनाउने भएको छ । गाउँपालिका प्रवक्तासमेत रहेका वडा– ३ का वडाध्यक्ष सन्तोष चाम्लिङका अनुसार गाउँपालिकाको १५ लाख र वन हर्ट वल्र्ड वाइडको १० लाख गरी २५ लाख रुपैयाँको लगानीमा बर्थिङ सेन्टर बन्न लागेको हो ।

 

सिरिजंघाले यसअघि पालिका केन्द्र तेल्लोकमा अस्पताल भवन निर्माणाधीन छ भने मेडिकल अधिकृतको नियुक्तिसमेत गरिसकेको छ ।