close

पालिकाका २० खबर : बुटवलका सडकमा बुद्ध, बूढानीलकण्ठमा बालुवा युद्ध (भिडियोसहित)

पालिकाका २० खबर : बुटवलका सडकमा बुद्ध, बूढानीलकण्ठमा बालुवा युद्ध (भिडियोसहित)

ADVERTISEMENT

आज बुधबार । देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) चितवनमा तेल बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा खैरहनी नगरपालिका वडा- ६ का २२ वर्षीय अब्जल देवानको मृत्यु, ठक्ककर दिने ट्यांकर र चालक प्रहरीको नियन्त्रणमा ।

 

२) मकवानपुरको थाहा नगरपालिकाद्वारा ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान, न्यानो कपडा पाएपछि बाआमा दंग ।

 

३) महिलामाथि हुने विभिन्न हिंसाका घटनाबाट जोगिन डोटीको दिपायल सिलगढी नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालिम, दुई सय ४० किशोरी तालिममा सहभागी।

 

४) तलब बढाउने सहमतिपछि संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन अरुण तेस्रोका मजदुरले गरे आन्दोलन स्थगित, काम धमाधम सुरु ।

 

५) बुटवलका सडक डिभाइडरमा बुद्ध प्रतिमा, रामापिथेकश र कर्णेल उजिरसिंहका आकृति राखिने, बुटवल उपमहानगरले सञ्चालन गरेको सहरी सौन्र्दयीकरणमा सामाजिक संघसंस्था  र क्लबले जनाए साझा प्रतिबद्धता ।

 

६) उदयपुरको कटारी नगरपालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्ट, भट्टलाई गरे जनप्रतिनिधि र कर्मचारीले स्वागत ।

 

७) ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाद्वारा गाउँ-गाउँमा यातायात पुर्‍याउन अस्थायी काठे पुल निर्माण, आवतजावतमा सहज हुने ।


८) बाग्लुङको बलेवामा प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण सुरु, पूर्वाधार निर्माण सम्पन्न भएपछि बाग्लुङ नगरपालिकाको आम्दानी बढ्ने ।

 

९) महालक्ष्मी नगरपालिकाबाहेक ललितपुरका सबै विद्यालयमा पठनपाठन सुरु, विद्यार्थीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता ।


१०) डाँडा खारेर बालुवा नझिक्न काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाद्वारा नगरबासीलाई निर्देशन, निर्देशन उल्लंघन गरे कारबाही गरिने ।

 

११) महोत्तरीको भंगाहा नगरपालिका- ७ तरसरीमा झोलुंगे पुल निर्माण हुने, नगरप्रमुख सञ्जीव साहले गरे शिलान्यास ।


१२) कोरोनाले सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराद्वारा ‘जाऔँ है पोखरा अभियान’ सुरु, अभियान ४ दिनसम्म सञ्चालन हुने ।

 

१३) हिउँचितुवा जोगाउन डोल्पामा पशु बिमा कार्यक्रम लागू, पशुको बिमा गर्ने सदस्यले बचत तथा प्रिमियम रकमको लगानीमार्फत  सस्तो ब्याजमा कर्जा लिन सक्ने ।

 

१४) छात्रवृत्तिका चिकित्सकलाई पाँच दिनभित्र खटाएको अस्पतालमा जान स्वास्थ्य मन्त्रालयको निर्देशन, हाजिर नभए पढाउन गरिएको लगानी असुलउपरसहितका कारबाही अघि बढाउने मन्त्रालयको चेतावनी ।


१५) कोरोनामुक्त भए बैतडीका चार स्थानीय तह, मैलौली नगरपालिका, सिगास, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा सक्रिय संक्रमित शून्य ।


१६) कोरोना महामारीका कारण बन्द रहेको गोरखाको मनकामना मन्दिर २८ मंसिरबाट खुल्ने, स्वास्थ्य सावधानी अपनाएर केबुलकार पनि सञ्चालन गर्ने मनकामना क्षेत्र विकास समितिको निर्णय ।

 

१७) लोकसेवा आयोगले ५ सय १३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोल्यो, प्राविधिकतर्फको शाखा अधिकृतमा खुला र ज्येष्ठता गरी ५ सय १३ जनाका लागि दरखास्त आह्वान ।


१८) काभ्रेको रोशी गाउँपालिका- ९ भूमिचुलीमा भ्यूटावर निर्माण हुने, बाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपाललगायतले गरे भ्युटावरको शिलान्यास ।

 

१९) भूमिहीन, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवाली र  प्रदेश २ का २१ वटा पालिकाका प्रमुखबीच सम्झौता, अब स्थानीय सरकारले काम तत्काल सुरु गर्ने ।

 

२०) युवाहरूका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका विषयमा काभ्रेको नमोबुद्ध नगरपालिकाको नगर युवा परिषद्को आयोजनामा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न ।