close

घोषणामै सीमित रोल्पाकाे शैक्षिक हब

घोषणामै सीमित रोल्पाकाे शैक्षिक हब

Trulli
ADVERTISEMENT

राेल्पा- स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिकालाई उत्कृष्ट शैक्षिक हब बनाउने घोषणा गरेर विजयी भएका नगरप्रमुख पूर्ण केसीले चार वर्षसम्म पनि योजना अगाडि बढाउन सकेका छैनन् ।

 

मौजुदा स्थानीय सरकारले ४ वटा बजेट नीति  तथा कार्यक्रम ल्याइसके पनि नगर क्षेत्रकै  चासोको विषय बनेको उत्कृष्ट  शैक्षिक हब भने अन्योलमै छ ।

 

पहिलो वर्षको बजेट नीति  तथा  कार्यक्रममा नगरप्रमुख केसीले रोल्पा नगरपालिकालाई रोल्पा पोलिटेक्निक कलेज, जलजला बहुमुखी क्याम्पस, कृषि विश्वविद्यालय र नमुना  विद्यालय बालकल्याण नमुना माविको एकीकृत समायोजनको नीति अवलम्बन गर्दै शैक्षिक हबको रुपमा विकास गरिने घोषणा गरेका थिए । 

 

उक्त नीति घोषणा गरेको यत्तिका वर्ष बितिसक्यो, कार्यान्वयनमा जाने कहिले हो, अहिलेसम्म टुंगो छैन । नगरपालिकाले नगर शिक्षा योजनामा नगर क्षेत्रका शैक्षिक संस्थाहरुलाई गुणस्तरीय शिक्षाप्रदायकका रुपमा विकास गरी नगर क्षेत्र तथा बाहिरका विद्यार्थी र अभिभावकको रोजाइको केन्द्र बनाउने भनेर शैक्षिक हबलाई परिभाषित गरेको  छ । 

 

साधारण शिक्षा, प्राविधिक शिक्षा र सीपमूलक तालिमलाई एकीकृत रुपमा अगाडि बढाएर सबै नगरबासीमा शिक्षाको पहुँच पु¥याउने नगरप्रमुख केसीको योजना कागजमै मात्र सीमित भएको छ । 

नगर शिक्षा नीति तथा योजनामा शैक्षिक हबका केही शब्द कोर्नेबाहेक स्थानीयलाई महसुस हुने गरी प्रभावकारी गतिविधि देखिएको छैन । 

 

नगरप्रमुख केसीको उच्च प्राथमिकताको नमुना शिक्षा रहे पनि नगरभित्रका शिक्षण संस्थाहरुमा जनशक्ति र स्रोत अभाव हुनु, कमजोर शैक्षिक सूचक एवं नाम मात्रको बजेटले महत्वाकांक्षी कार्यक्रम ओझेल पर्ने चिन्ता नगरबासीले गर्न थालेका छन् ।

 

जनशक्ति र स्रोतबिनाका विद्यालय


नगरपालिकाले विद्यार्थीहरुको सिकाइ, प्रविधिजन्य शिक्षण सिकाइ, विद्यालयमा स्रोत–साधनको उपलब्धता, शिक्षकको कार्यदक्षता, अभिभावक  र विद्यार्थीको सन्तुष्टिलाई शैक्षिक गुणस्तरको सूचकको  रुपमा समावेश  गरेको  छ  । 

 

६६ सामुदायिक र ७ संस्थागतसमेत नगरपालिकामा ७३ विद्यालय छन ।  प्रावितर्फ १ सय ६२, निमावि ३४, मावि १५ र उच्च मावि ६ समेत गरी सरकारले नगरभित्रका सामुदायिक विद्यालयलाई  २ सय १७ दरबन्दी उपलब्ध गराएको छ ।

 

नगर क्षेत्रका विद्यालयमा ११ हजार ६ सय ३२  विद्यार्थीले अध्ययन गर्छन् । नगरका ३८ वटा सामुदायिक विद्यालयमा शून्य दरबन्दी र शिक्षक विद्यार्थी अनुपात ४१.१ प्रतिशत मात्रै छ । यो अनुपात प्रदेश ५ मा २८ छ भने राष्ट्रिय स्तरमा  २४ प्रतिशत छ । यसैगरी विद्यालय विद्यार्थी अनुपात माध्यमिक तहमा १ सय ६६ र आधारभूत तहमा १ सय २१ प्रतिशत छ ।

 

नगर क्षेत्रका ४०  विद्यालय विद्युत् पहुँचमा छैनन् । नगर क्षेत्रका कुनै पनि विद्यालयले एसइई परीक्षामा हालसम्म ए प्लस जीपिए ल्याउन सकेका छैनन् । शैक्षिक प्रगतिको बाधक मानिने बालविवाहसमेत नगर क्षेत्रमा उच्च रहेको छ । नगरपालिकाभित्र २८  प्रतिशत बालबालिकाले २०  वर्ष  नपुग्दै विवाह गर्ने गरेको तथ्यांक छ । 

 

नगरभित्रका सामुदायिक विद्यालयका अभिभावकले निजी  स्रोतका १ स ७० शिक्षकको तलबभत्ताका लागि वार्षिक २ करोड ७६  लाख उठाउँदै आएका छन्  । 

तालिका १ 

रोल्पा नगरपालिकामा जनशक्ति र स्रोत
 

ljj/0f

kl/df0f

;fd'bflos ljBfno ;+Vof

^^

lzIfs b/aGbL  ;+Vof

@!&

ljBfyL{ ;+Vof

!!#&%

cefj /x]sf lzIfs ;+Vof

#%!

z"Go b/aGbL /x]sf ljBfno

#* j6f

lzIfs ljBfyL{ cg'kft

$!=!

ljBfno ljBfyL{ cg'kft -cfwf/e"t_

!@!

ljBfno ljBfyL{ cg'kft -dflj_

!^^

ljB'tLo kx'Fr gePsf ljBfno

$) j6f

jflif{s cleefjsn] p7fpFb} cfPsf] z'Ns

@ s/f]8 &^ nfv

;d'bfon] Joj:yfkg u/]sf] lzIfs ;+Vof

!&) hgf

ljBfnoaflx/ /x]sf  ljBfno pd]/sf ljBfyL{

^=&   k|ltzt

sDKo'6/ / :df6{ af]8{sf] kxF'rdf /x]sf ljBfyL{

@!=@#

:df6{ af]8{ k|of]udf Nofpg]  ljBfno

$ j6f

OG6/g]6sf] kxF'rdf /x]sf ljBfno

* j6f

6]lnkmf]gsf] kxF'r gk'u]sf ljBfno

!^ j6f

pRrtd hLlkP P Kn; lng] ;+Vof

)

Affnljjfx b/

@* k|ltzt



स्रोत : नगर शिक्षा, युवा तथा खेलकुद शाखा

कमजोर शैक्षिक सूचक

नगरपालिकाले बालबालिकाको विद्यालय भर्ना र टिकाउ दर, गुणस्तरीय  शिक्षाप्रदायक शैक्षिक संस्था, गुणस्तरीय शिक्षा र अभिभावक एवं विद्यार्थीको शैक्षिक आकर्षणलाई शैक्षिक हबको सूचकमा समावेश गरेको छ ।

 

नगर क्षेत्रको आधारभूत तहको कक्षा १ देखि ५ सम्म खुद भर्ना दर ९७.६ प्रतिशत रहेको छ । यसैगरी आधारभूत तहको कक्षा ६  देखि ८ सम्मको खुद भर्ना दर ८६ प्रतिशत रहेको छ ।  माध्यमिक तह कक्षा ९ देखि १२ सम्म यो संख्या  ३७.४ प्रतिशत छ ।

 

नगरपालिकामा कक्षा १ देखि ५ सम्मको कक्षा दोहो¥याउने दर ११.१ प्रतिशत छ, जुन प्रदेश ५ को राष्ट्रियभन्दा बढी हो । प्रदेश ५ र राष्ट्रिय स्तरमा यसको दर क्रमशः ८.७ र ७.६ प्रतिशत छ ।

 

यसैगरी कक्षा छाड्ने दर कक्षा १ देखि ५ सम्म नगर पालिकाभित्र ५.४ प्रतिशत छ । प्रदेश र राष्ट्रिय तहमा यसको दर ४.२ र ४.३ प्रतिशत छ । विद्यालयबाहिर रहेका विद्यालय उमेरका विद्यार्थी राष्ट्रिय तहमा २.९ हुँदा नगरपालिकाभित्र ६.७ प्रतिशत छ ।

 

विद्यार्थीको सिकाइ उपलब्धि बढाउने भनिए पनि नगरपालिकाभित्र कक्षा ३, ५ र ८ को सिकाइ उपलब्धि निराशाजनक देखिन्छ । कक्षा ३, ५ र ८ मा क्रमशः ५८.७, ५४.१ र ३८.३ छ ।

 

विषयगत शैक्षिक उपलब्धि हेर्दा अवस्था सन्तोष गर्ने ठाउँमा छैन । कक्षा ८ मा अध्यापन गराइने मुख्य ३ विषय अंग्रेजी, गणित र विज्ञानको सिकाइ उपलब्धि क्रमशः ४८.२, ४५.६ र ३८.३ प्रतिशत छ  । 


तालिका २
रोल्पा नगरपालिकाभित्रका विद्यालयको शैक्षिक सूचक

ljifo

/fli6«o

 k|b]z

/f]Nkf gu/kflnsf

v'b egf{ b/ cfwf/e"t tx-!–%_

(&=!

(^=%

(&=^

v'b egf{ b/ cfwf/e"t tx -^–*_

*(=&

()=%

*^

v'b egf{ b/ dfWolds tx -(–!@_

$&=^

$$=*

#&=$

sIff bf]xf]¥ofpg] -!–%_

&=^

*=&

!!=!

sIff 5f8\g] b/ -!–%_

$=#

$=@

%=$


स्रोत : नगर शिक्षा, युवा तथा खेलकुद शाखा

 

तालिका ३
रोल्पा नगरपालिकाभित्रका विद्यालयको शैक्षिक सूचक

sIffut l;sfO pknlAw -sIff #_

%*=&

sIffut l;sfO pknlAw -sIff %_

%$=!

sIffut l;sfO pknlAw -sIff *_

#*=#

 

d'Vo  ljifo l;sfO pknlAw -sIff *_

c+u|]hL

$*=@

ul0ft

$%=^

lj1fg

#*=#


स्रोत : नगर शिक्षा, युवा तथा खेलकुद शाखा

 

आकर्षण बिनाको प्राविधिक शिक्षा


नगरपालिकाको एउटा विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को एनेक्स कार्यक्रमअन्तर्गत १८ महिने सवओभरसियर  र  ३ वर्षे डिप्लोमा  कक्षा सञ्चालन गरिरहेको छ ।  प्राविधिक जनशक्ति उत्पादन गर्ने भन्दै नगरपालिकाले स्थानीय सरकार गठन भएको सुरुको वर्षदेखि नै छात्रवृत्तिको व्यवस्था गरेको थियो ।

 

डिप्लोमा तहको बाली विज्ञान, पशु विज्ञान, ओभरसियर र अहेब तथा १८ महिने  सवओभरसियर अध्ययनमा सहयोग गर्ने भन्दै हरेक वर्ष १ सय जना विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम अघि सारेको छ । 

 

पहिलो वर्ष ४० लाख र त्यसपछि हरेक वर्ष ३० लाखका दरले छात्रवृत्तिका लागि बजेट विनियोजन गर्दै आए पनि लक्षित कोटाअनुसार विद्यार्थी पाउनै सकेको छैन । शैक्षिक सत्र ०७४ मा ५५, शैक्षिक सत्र ०७५ र ०७६  मा ५१÷५१ जना मात्रै छात्रवृत्तिमा छनोट भएका थिए । 

 

प्राविधिक विषय अध्ययन गर्ने  विद्यार्थीको  अभावमा हरेक वर्ष लक्षित कोटाको झन्डै आधा कोटा फिर्ता हुने गरेको छ । प्राविधिक अध्ययनप्रति विद्यार्थीको रुचि नहुँदा छात्रवृत्तिको लक्षित कोटा पूरा नभएको हो ।

 

नगर शिक्षा अधिकारी महेन्द्र पराजुली भन्छन्, ‘राम्रो अंक ल्याएकाहरु विज्ञान तथा अन्य प्राविधिक  विषय अध्ययनका लागि जिल्लाबाहिर जाने चलनले पनि नगरपालिकाको छात्रवृत्तिले उनीहरुलाई आकर्षण गर्न  सकेको छैन ।’

 

कक्षा ११ र १२ मा विज्ञान पढ्ने विद्यार्थीहरुलाई पनि छात्रवृत्ति दिनुपर्ने पराजुलीको भनाइ छ । ‘नगरपालिकाको  छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरुले पढाइ पूरा गरेपछि १ वर्ष नगरपालिकामा स्वयंसेवा गर्ने गरी शिक्षा नीति ल्याउन थालेका छौं,’ पराजुलीले भने ।

 

नगरपालिकाभित्र बालकल्याण नमुना माध्यमिक विद्यालयले मात्रै प्राविधिक विषयको पठनपाठन गरेको छ । सिभिल इन्जिनियरिङतर्फ ३ वर्षे डिप्लोमा तहको र १८ महिने कक्षा सञ्चालन गरे पनि सो विद्यालयमा समेत लक्षित कोटाअनुसार विद्यार्थी  उपलब्ध नहुने समस्या छ ।

 

सो  विद्यालयले सिटिइभिटीको एनेक्स कार्यक्रमअन्तर्गत प्राविधिक शिक्षा सञ्चालन गरिरहेको छ । ‘हामीले हाम्रो शक्ति र क्षमता चिन्न नसकेको  परिणाम हो– प्रावधिक शिक्षामा आकर्षण नदेखिनु’, रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी भन्छन्, ‘यसमा ठूला सहरमा पढ्न पढ्नुपर्छ भन्ने मनोविज्ञानले पनि काम गरेको छ ।’ पठनपाठन गुणस्तरीय छ भन्ने प्रचार हुन नसक्नु अर्को कारण भएको नगर प्रमुख केसीको भनाइ छ । 


सामुदायिक विद्यालय पनि उस्तै

 

नगरपालिकालाई शिक्षक र विद्यार्थीको आकर्षण केन्द्र बनाउने भनिए पनि नगर क्षेत्रका एकाध सामुदायिक विद्यालयबाहेक अन्य विद्यालयमा विद्यार्थीको आकर्षण  बढ्नुको साटो घट्दै गएको छ । सदरमुकाममा रहेको बालकल्याण नमुना माविमा धानिनसक्नु विद्यार्थीको चाप रहनेबाहेक अन्य विद्यालयमा आकर्षण देखिँदैन ।

 

बालकल्याण नमुना माविमा कक्षा १२ सम्म र प्राविधिकसमेत गरी २  हजार ६  सय बढी विद्यार्थी छन् । नगरपालिकाभित्रका १२ वटा विद्यालयमा  विद्यार्थी संख्या २० भन्दा कम देखिन्छ  । यसैगरी  ५० भन्दा कम विद्यार्थी संख्या हुने  विद्यालयको संख्या २८ वटा छन् । नगरपालिकाभित्रका १९ वटा विद्यालयमा सयभन्दा कम विद्यार्थी रहेका छन् ।

 

तालिका ४
नगरपालिकाका विद्यालयमा विद्यार्थी संख्या 

ljj/0f

;+Vof

@) eGbf sd ljBfyL{ /x]sf ljBfno

!@

%) eGbf sd  ljBfyL{ /x]sf ljBfno

@*

! ;oeGbf sd ljBfyL{ /x]sf  ljBfno

!(


स्रोत : शिक्षा खेलकुद तथा युवा शाखा, रोल्पा नगरपालिका

शिक्षामा नाम मात्रको बजेट

‘दक्ष शिक्षक गुणस्तरीय शिक्षा, समृद्ध र समुन्नत रोल्पा नगरपालिका हाम्रो इच्छा’ नारासहित आगामी ५ वर्षलाई सामुदायिक विद्यालय सुधार अभियानको रुपमा सञ्चालन गरिने भनेर शिक्षासम्बन्धी नीति तय गरेको नगरपालिकाले उक्त आदर्श  वाक्य कार्यान्वयन गर्ने कार्यक्रम र वजेटमा भने कन्ज्युस्याइँ गरेको छ ।

 

नगरपालिकाले आव ०७४÷७५ मा संघीय सरकारको ससर्त अनुदान र सामाजिक सुरक्षा कार्यक्रमको बजेटबाहेक २६ करोड ७३ लाख २५ हजार  १ सय ६० रुपैयाँको बजेट ल्याउँदा शिक्षा क्षेत्रका लागि ४० लाख मात्रै विनियोजन गरेको थियो । प्राविधिक  शिक्षाको छात्रवृत्तिका लागि विनियोजित सो रकम नगरपालिकाको कुल वजेटको १.४९ प्रतिशत मात्रै हो । 

 

यसैगरी दोस्रो वर्ष ससर्त, सामाजिक सुरक्षा कार्यक्रम र बहुक्षेत्रीय पोषण  कार्यक्रमको बजेटबाहेक कुल ३२ करोड ९८ लाख ९१ हजार २ सय २२ रुपैयाँको बजेट ल्याउँदा शिक्षा क्षेत्रमा ७५ लाख विनियोजन गरेको थियो ।

 

शिक्षा शीर्षकमा ४० लाख  र प्राविधिक छात्रवृत्ति शीर्षकमा ३० लाख गरी विनियोजित सो बजेट जम्मा २.२७ प्रतिशत मात्रै हो । कार्यकालको तेस्रो वर्ष नगरपालिकाले ३८ करोड ५४ लाख ५ हजार ३ सय २७ रुपैयाँको बजेट ल्याउँदा शिक्षामा १ करोड ३० लाख विनियोजन गरेको थियो ।

 

शिक्षा शीर्षक दिएर १ करोड र प्राविधिक छात्रवृत्तिका लागि ३० लाख विनियोजित सो बजेट कुल बजेटको ३.३७ प्रतिशत मात्रै हो । चालू आर्थिक वर्षका लागि ३५ करोड ७७ लाख ४१ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको नगरपालिकाले शिक्षाका लागि १ करोड ३०  लाख विनियोजन गरेको छ ।

 

शिक्षामा १ करोड र प्राविधिक छात्रवृत्तिमा ३० लाख गरी कुल बजेटको ३.६३ प्रतिशत विनियोजन गरेको छ । शून्य दरबन्दी रहेका ४ मावि, ११ निमावि, १४ प्रावि र ७ बालविकाससमेत गरी ३६ वटा विद्यालयलाई स्वयंसेवक शिक्षक उपलब्ध गराएको नगर शिक्षा अधिकारी पराजुलीले बताए ।

 

‘क्रमशः २० हजार, १५ हजार र १० हजारका दरले सुविधा दिने गरी मावि, निमावि र प्रावि तहमा शिक्षक भर्ना गरी ती विद्यालयमा पठाएका छौं’, नगर शिक्षा अधिकारी पराजुलीले भन्छन्, ‘चालू आर्थिक वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता  दिन ४५ लाख बजेट विनियोजन गरेका छौं ।’ 

 

तालिका ५
रोल्पा नगरपालिकाको चार वर्षको बजेट

cfly{s jif{

s'n ah]6

lzIff If]qsf] ah]6

k|ltzt

)&$÷)&%

@^&#@%!^)

$))))))

!=$(

)&%÷)&^

#@(*(!@@@

&%)))))

@=@&

)&^÷)&&

#*%$)%#@& 

!#))))))

#=#&

)&&÷)&*

#%&&$!)))

!#))))))

#=^#


स्रोत : रोल्पा नगरपालिकाको वेबसाइट

आधारभूत र माध्यमिक चक्र पूरा नगर्ने समस्या

बालविकास केन्द्रमा भर्ना हुने दर केटीको तुलनामा केटाको धेरै देखिए पनि उपल्ला कक्षामा भने केटाहरुको दर घट्दै गएको  देखिन्छ । आधारभूत र माध्यमिक तहको चक्र पूरा नगर्दै केटाहरुमा पढाइ छाड्ने दर बढ्दै गएको देखिन्छ ।

 

बालविकास केन्द्रमा अघिल्लो वर्ष ६ सय ४४ केटी र ८ सय ३ केटा भर्ना भएका थिए । आधारभूत तहको कक्षा १–५ मा केटी २ हजार ३ सय ५१ र केटा २ हजार ५ सय ८८ जना भर्ना भएको देखिन्छ  । आधारभूत तहको कक्षा ६–८ मा केटी १ हजार ३ सय ७७ र केटा १ हजार ३ सय ५१ जना भर्ना भएका थिए ।

 

माध्यमिक तहको कक्षा ९–१० मा ७ सय ७५ केटी र ६ सय २५ जना केटा भर्ना हुँदा सोही तहको कक्षा ११–१२ मा केटी ४ सय ७७ र केटा ३ सय ८४ जना भर्ना भएको देखिएको छ । 

तालिका ६
नगर क्षेत्रभित्रका विद्यार्थीको लैंगिक प्रारूप शैक्षिक सत्र ०७६

tx

s]6L

s]6f

hDDff

afnljsf;

^$$

*)#

!$$&

sIff !–%

@#%!

@%**

$(#(

sIff ^–*

!#&&

!#%!

@&@*

sIff (–!)

&&%

^@%

!$))

sIff !!–!@

$&&

#*$

*^!


स्रोत : शिक्षा, खेलकुद तथा युवा शाखा, रोल्पा नगरपालिका

 

कमजोर आर्थिक अवस्थाका कारण उमेर  र कक्षा चढ्दै जाँदा केटाहरु रोजगारीका लागि खाडी मुलुक तथा काठमाडौंका इँटाभट्टामा जाने गर्छन् । यसैगरी उमेर नपुग्दै विवाह गर्ने र विवाहपछि विद्यालय छाड्ने दर पनि केटाहरुमा बढी देखिने गरेको नगर शिक्षा शाखाका शिक्षा अधिकृत कर्णबहादुर पुन बताउँछन् ।

 

‘लाहुरे मानसिकता, गरिबी र सानै उमेरमा विवाह गर्ने परिपाटीका कारण उपल्ला कक्षाहरुमा केटाको संख्या घट्दै गएको देखिन्छ’, पुनले भने, ‘पढाइअनुसारको रोजगारी ग्योरन्टी नहुँदा पनि केटाहरुमा सानै उमेरमा विवाह गर्ने र पढाइ छाड्ने प्रवृत्ति बढेको छ ।’ 

 

यसो भन्छन् सरोकारवाला

 

अघिल्लो वर्षदेखि शैक्षिक हबलाई कार्यान्वयनको प्रक्रियामा लगेको रोल्पा नगरपालिका प्रमुख पूर्ण केसी दाबी गर्छन् । ‘वडा हुँदै नगर शिक्षा योजना तर्जुमा भएको छ । अब सोही योजनाअनुसार काम अघि बढ्छ,’ केसीले भने, ‘गुणस्तरीय शिक्षाका लागि आवश्यक जनशक्ति व्यवस्थापनका गर्न दरबन्दी  मिलानको काम सुरु गर्दै छौं ।’ 

 

शिक्षकहरुलाई समयसापेक्ष सूचना प्रविधि तालिम तथा विद्यार्थीका लागि छात्रवृत्ति योजना ल्याएका नगर प्रमुख केसी बताउँछन् । शून्य दरबन्दी रहेका ३८ वटा  विद्यालयमा स्वयंसेवक शिक्षक नियुक्त गरिसकिएको उनले जानकारी दिए । 

 

‘संघीय, प्रदेश र स्थानीय सरकार मिलेर नगरपालिका भित्रका विद्यालयको भौतिक पूर्वाधार पनि तयार गरिएको छ,’ नगरप्रमुख केसीले भने ।  तीन वर्षअघि निर्णय भएको विषय  किताबमा मात्रै सीमित भएको र व्यवहारमा कार्यान्वयन नभएको नगर शिक्षा समितिका सदस्य खिमबहादुर घर्ती मगर बताउँछन् । 

 

‘नगर शिक्षा समितिले विद्यालयमा पुगेर अनुगमन गरी त्यहाँको समग्र शैक्षिक अवस्था बुझेर योजना तर्जुमा गर्नुपर्नेमा त्यसो हुन सकेको  छैन’, रोल्पा नगरपालिका– २ का वडाध्यक्षसमेत रहेका घर्तीमगरले भने’, ‘शैक्षिक हबको नीतिलाई सशक्त रुपले कार्यान्वयनका लागि सरोकारवाला सबैको ध्यान  जानुपर्छ ।’ शैक्षिक हब नारामा सीमित हुन नहुने बालकल्याण नमुना मावि विद्यालय  व्यवस्थापन समितिका सदस्य जीतबहादुर डाँगी बताउँछन् ।

 

‘केही गर्न खोजेको देखिन्छ तर धेरै कुरा अपुग छन् । त्यतापट्टि ध्यान जानुपर्छ सदस्य डाँगीले भने, ‘नगर क्षेत्रका अधिकांश विद्यालय निजी शिक्षकको भरमा चल्दा नारा  कार्यान्वयनमा जटिला सिर्जना भएको छ ।’