close

काम गर्न केको लाज !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा–१ खोक्लिङका तन्नेरी नवीन फेम्सोहाङ लिम्बूले सदरमुकाम फुङलिङमा सैलुन खोलेर मनग्य कमाइ गरिरहेका छन् ।

 

पेसा, व्यवसाय सञ्चालन गर्न जात, वर्ण, रंग र सम्प्रदायले महत्त्व राख्दैन भन्ने उदाहरणका साक्षी बनेका छन्, लिम्बू । सदरमुकाम फुङलिङमा सैलुन खोलेका उनको दैनिकी कपाल र दारी काट्नमै बित्ने गर्छ ।

 

‘हातमा सीप र काम गर्ने जाँगर छ भने गरिखान केको लाज ?’ लिम्बू भन्छन् । कपाल वा दारी काट्न उनले कहीँ–कतै तालिम वा प्रशिक्षण पनि लिएका छैनन् ।

 

‘सानै उमेरदेखि घरटोल वरपरका मान्छेको दारी–कपाल गरिदिन्थेँ । धरै जनाको कपाल काट्दा काट्दै सैलुन खोल्ने प्रेरणा जागेको हो’, लिम्बू खुसी सुनिए ।

 

फुङलिङ नगरपालिकाको वीरेन्द्र चोक अगाडि अदालत जाने बाटो छेउमा उनले सैलुन खोलेका छन् । अहिले सैलुनबाट राम्रो आम्दानी भइरहेको उनले बताए ।


ताप्लेजुङ सदरमुकाम फुङलिङमा करिब दर्जन हाराहारी सैलुन छन् । उनीहरू सबै तराईबासी हुन् । पहाडे मूलका सैलुन सञ्चालक भने फुङलिङभित्र नवीन एक्ला हुन् ।

 

‘सीप हुनेले त्यसलाई बिकाएर आर्थिक उपार्जन गर्ने हो भने आत्मनिर्भर बन्न कसैले छेक्दैन । रोजगारीका लागि बिदेसिने युवाले पनि यस्तो काम गामठाममै गर्न सक्छन्,’ लिम्बू आशावादी देखिदै भन्छन्, ‘काम गर्न के को लाज नि !