close

प्रदेश लोकसेवा आयोगले थाल्यो काम, प्रदेश २ को आयोगले माग्यो २४ कर्मचारी

प्रदेश लोकसेवा आयोगले थाल्यो काम, प्रदेश २ को आयोगले माग्यो २४ कर्मचारी

Trulli
ADVERTISEMENT

धनुषा– प्रदेश २ लोक सेवा आयोगको कानून बनेपछि आयोगले कर्मचारी भर्ना गर्न पहिलोपटक विज्ञापन आह्वान गरेको छ । आयोग गठन भएको झन्डै एक वर्षपछि प्रदेश लोक सेवाले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।


आयोगले १२ असोज, २०७७ मा प्रदेश मन्त्रिस्तरीय निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणी वा सातौं नेपाल इन्जिनियरिङ्ग सेवा तर्फका प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।


मन्त्रिपरिषदको बैठकले लोक सेवा आयोगलाई प्राविधिक कर्मचारीहरु भर्ना गर्न स्वीकृति दिएपछि स्थायी दरबन्दीका लागि खुला, महिला, आदिवासी जनजाति, दलित, महिलासहित विभिन्न समूह गरी २४ जनाका लागि दरखास्त मागेकोे आयोगका सचिव दीपक कर्णले पालिकाखबरलाई जानकारी दिए ।


प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले माग गरे अनुसार कर्मचारी भर्ना गर्न लागिएको कर्णले बताए । आयोगले हाइवे, स्यानिटरी, सिँचाई, विल्डिङ एण्ड आर्किटेक्ट, जियोलोजी, हाइड्रोलोजीलगायतका क्षेत्रका प्राविधिक भर्ना गर्न लागेको कर्णले जानकारी दिए ।


प्रदेश लोक सेवा आयोगले १५ पुससम्म दरखास्त दिन सकिने जनाएको छ । यस्तै दोव्वर दस्तुर तिरी २२ पुससम्म पनि दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ ।