close

सडक उजिल्याउन तात्यो काठमाडाैं महानगर, २ हजार बत्ती जोडिने

सडक उजिल्याउन तात्यो काठमाडाैं महानगर, २ हजार बत्ती जोडिने

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिले आफ्नो क्षेत्रभित्रका सडकमा बत्ती जडान गर्न नेपाल विद्युत प्राधिकरण र सडक विभागसँग सम्झौता गरेको छ ।

 

महानगरले प्रााधिकरण र विभागसँगको सहकार्यमा पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी क्षेत्रमा २ हजार सडक बत्ती जोड्ने छ । यसका लागि  १७ करोड रुपैयाँ छुट्याइएको छ । यस्ता वत्तीमा महानगरको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी हुनेछ ।

 

लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्नेछ भने सडक बत्ती जडानपछिको मर्मत भने सडक विभागले गर्नेछ ।

सडक वत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडक वत्तीहरुको संम्भाव्य स्थानको पहिचान गर्न एउटा समिति बनाइएको छ । जसलाई ४५ दिनभित्र प्रतिवेदन दिन भनिएको छ ।


सहमतिमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन् ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।