close

हलेसी तुवाचुङमा मेलमिलाप केन्द्र विस्तार

हलेसी तुवाचुङमा मेलमिलाप केन्द्र विस्तार

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स्थानीय विवादलाई मेलमिलापको माध्यमबाट गाउँमै मिलाउन नगरपालिकाको नगर उपप्रमुख संयोजकत्वको न्यायिक समितिको पहलमा वडा कार्यालय दुर्छिममा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको हो ।

 

मेलमिलाप केन्द्रको बुधबार नगर उपप्रमुख विमला राईले उद्घाटन गरिन् । घरपरिवार, छिमेक तथा समुदायभित्र आउने सानातिना विवादलाई तालिम प्राप्त मेलमिलापकर्ताको सहयोगमा दुवै पक्षलाई सहमतिमा ल्याएर समुदाय स्तरमै विवाद समाधानका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।


गाउँमा देखापर्ने विवाद गाउँमै हल गर्न मेलमिलापकर्ताका रूपमा छानिएका स्थानीयलाई मेलमिलापसम्बन्धी तालिम र जानकारी दिएपछि केन्द्रको औपचारिकता उद्घाटन गरिएको हो । मेलमिलापसम्बन्धी काम गर्न स्थानीय रेनुका राई, प्रतिमा राई, कुँवेर राई र रोमबहादुर राईलाई मेलमिलापकर्ताको जिम्मेवारी दिइएको छ ।

 

‘मेलमिलापकर्तालाई स्थानीय सरकार सञ्चालन ऐन, न्यायिक समितिको कार्यविधि, विवाद दर्तादेखि हलसम्मका चरणबारे जानकारी दिने पुस्तक तथा कागजात पनि प्रदान गरेका छौं’, नगर उपप्रमुख राईले भनिन् ।

 

सामुदायिक मेलमिलाप केन्द्र सञ्चालनका लागि वडाध्यक्ष रमेश तिवारी संयोजक, वडा सचिव सदस्यसचिव र मेलमिलापकर्ता सदस्य रहेको मिलमिलाप समिति गठन गरिएको छ । कार्यक्रममा मंगलटारका वडाध्यक्ष रमेश राउत, बडहरेका वडाध्यक्ष किशोर बस्नेतलगायतको उपस्थिति थियो ।

 

यसअघि हलेसी तुवाचुङ–६ मंगलटारमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भइसकेको छ । मेलमिलाप केन्द्र क्रमशः नगरपालिकाका ११ वटै वडामा विस्तार गरिने नगर उपप्रमुख राईले जानकारी दिइन् ।

 

‘अन्य वडामा पनि मेलमिलापको काम भइरहेकै छ तर अन्तक्र्रियासहित औपचारिकता दिन बाँकी छ’, उपप्रमुख राईले भनिन्, ‘आगामी १५ पुससम्ममा अन्तक्र्रियासहितका कार्यक्रम लिएर सबै वडामा पुग्नेछौँ ।’ 


पारिवारिक विवाद, लेनदेन, जग्गा–जमिन जस्ता देवायनी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिटलगायतका फौजदारी मुद्दा, व्यापार वा व्यावसायिक प्रकृतिका जुनसुकै विवाद मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने न्यायिक समितिले जनाएको छ । 


नेपाल सरकार वादी हुने अर्थात् गम्भीर प्रकृतिका फौजदारी मुद्दाबाहेकका सानातिना मुद्दा मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने व्यवस्था छ । द्वन्द्व÷विवादको अवधारणा र विकास, विवाद समाधानको परम्परागत तरिका, मेलमिलापको महत्त्व, मेलमिलापकर्ताको भूमिका, दायित्व, मेलमिलाप वार्ताको सीप, मेलमिलाप प्रक्रियालगायतका विषयमा तालिमप्राप्त मेलमिलापकर्तालाई केन्द्रमा जिम्मेवारी दिइएको छ । नगरपालिकाभित्र २७ जना मेलमिलापकर्ता छन् ।
 

नगरपालिकाले एउटा मुद्दा मिलाएबापत प्रतिमुद्दा २ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउनेछ । ‘अन्य वडामा पनि मेलमिलापको काम भइरहेकै छ तर औपचारिकता दिन बाँकी छ,’ नगर उपप्रमुख राईले भनिन्, ‘आगामी १५ पुससम्म अन्तक्र्रियासहितको कार्यक्रम लिएर सबै वडामा पुग्छौँ ।’

 

पारिवारिक विवाद, लेनदेन, जग्गाजमिनजस्ता देवयानी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिटलगायत फौजदारी मुद्दा, व्यापार वा व्यावसायिक प्रकृतिका जुनसुकै विवाद मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने न्यायिक समितिले जनाएको छ ।