close

पालिकाका २० खबर : पर्वतका बाँदरलाई १४ लाख, संगीतको जाँचमा नक्कली राज

पालिकाका २० खबर : पर्वतका बाँदरलाई १४ लाख, संगीतको जाँचमा नक्कली राज

ADVERTISEMENT

आज बिहिबार । देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर

 

१) कोरोना संक्रमित बढ्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन पुनः बन्द, हालसम्म १ सय २४ जनामा कोरोना संक्रमण

 

२) चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ द्वारा किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण, ड्रागन खेती विस्तार गर्ने वडाको योजना

 

३) स्याङ्जाको आँधीखोला गाउँपालिकाले आँधीखोलामा ५२ हजार माछाका भुरा छोड्यो, १४ पोका भुरा आँधीखोलाको विभिन्न सात ठाउँमा

 

४) देशभर विभिन्न कार्यक्रम गरी ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो । यो वर्षको राट्रिष्य नारा महामारीमा मानव अधिकार, स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार

 

५) ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना आठ महिनापछि खुला, अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने

 

६ ) पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण कार्यक्रमका लागि छुट्यायो १४ लाख, बाँदरले बालीनाली सखाप पारेपछि पालिकाद्वारा बाँदर नियन्त्रणको योजना पनि पारित

 

७) सशस्त्र प्रहरी परिवार महिला संघ तथा एपीएफ अस्पतालको संयुक्त आयोजनामा महोत्तरीको मनरासिस्वा नगरपालिकाको बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने स्वास्थ्य शिविर सम्पन्न, मनरासिस्वाबासीले पाए गाउँमै उपचार

 

८) धादिङको गजुरी गाउँपालिका- १ हाँगेटारमा चेपाङ किशोरी छात्रावास भवन बन्ने, विभिन्न संस्थाको सहयोगमा बन्ने गरियो शिलान्यास

 

९) कोरोनाले सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल संघ पोखराद्वारा ‘जाऔँ है पोखरा अभियान’ शुरु, अभियान ४ दिनसम्म संचालन हुने

 

१०) कञ्चनपुरमा निर्माण कार्य अलपत्र छाड्ने निर्माण व्यवसायीको फोटो स्थानीयले चोक–चोकमा टाँसे, हुलाकी सडक निर्माण कार्य अलपत्र

 

११) दोलखाको बैतश्वर गाउँपालिकामा ५७ प्रतिशत योजनाको सम्झौता । योजना उपभोक्ता समितिमार्फत सम्पन्न गरिने

 

१२) उदयपुरको त्रियुगा नगरपालिकाको माटेखोला र मोहनपुरका हात्तीपीडित परिवारलाई केयर नेपाल र भूमि अधिकार मञ्चले खाद्यान्न र कपडा वितरण गरे । राहत सामग्री पाएपछि पीडित खुसी

 

१३) कपिलवस्तुको वाणगंगा नगरपालिका– ७ स्थित कपिलधाम नजिकै कोइली नदीको कजवेबाट खसेर एक जनाको मृत्यु, घटनाबारे प्रहरीले सुरु गर्‍यो अनुसन्धान

 

१४) सुर्खेतमा प्राविधिक जवान संगीततर्फको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका आठ जना पक्राउ, पक्राउ परेकाहरूलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढायो

 

१५) नेपाल नगरपालिका संघको सातौं अधिवेशनले पारित गरेको २३ बुदे काठमाडौं घोषणापत्र सार्वजनिक । संघीय सरकारबाट खटाइएका कर्मचारीहरूले कम्तीमा पनि २ वर्षसम्म सम्बन्धित नगरपालिकामा सेवा गर्नुपर्ने अनिवार्य प्रावधान व्यवस्था गर्न माग

 

१६) काठमाडौं महानगरपालिकाको सोह्रखुट्टे चोकबाट ७ सय ६० ग्राम सालकको खपेटा र ३५ हजार रुपैयाँसहित सिन्धुली घ्याङ्लेक गाउँपालिकाका रवीन तामाङ र काभ्रेको बनेपाका २१ वर्षीय टेकबहादुर आले प्रहरीको नियन्त्रणमा । पक्राउ परेकाहरूमाथि प्रहरीले सुरु गर्यो‍ अनुसन्धान

 

१७) लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न, चेतनामूलक सन्देशका साथ देशभरका स्थानीय सरकारले मनाए, यस वर्षको अभियान

 

१८) कञ्चनपुरमा मापदण्डविपरीत नदी तथा खोलानाला उत्खनन भइरहेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहितको टोलीले गर्यो‍ अनुगमन, मापदण्डविपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही गरिने

 

१९) मिर्गाैला बचाउ अभियान’ घोषणा गर्दै काठमाडौँ महानगर, महानगरका टोलटोलमै जनचेतनामूलक कार्यक्रम गरिने

 

२०)  पाँचथरको हिलिहाङ गाउँपालिकामा मे ४ प ८९४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक प्रवीण कालीकोटेको मृत्यु